Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

खबरडबली संवाददाता

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरहेका छन्। सहकार्यबाट सुरु भएको राजनीतिक यात्राले अहिले सार्वजनिक आरोप–प्रत्यारोप र वैचारिक दूरीको रूप लिएको छ।

२०६९ सालमा एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहँदा प्रचण्ड–बाबुरामले लिएको शान्तिपूर्ण सङ्घर्ष र संसदीय राजनीतिको बाटोप्रति असहमति जनाउँदै विप्लव पार्टीबाट अलग भएका थिए। सशस्त्र सङ्घर्षको बाटो रोज्ने घोषणा गरेका विप्लव केही वर्ष भूमिगत राजनीतिमा सक्रिय रहे।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सम्झौता गरेपछि विप्लव पुनः शान्तिपूर्ण मूल राजनीतिमा फर्किए। तर, शान्तिपूर्ण राजनीतिमा फर्किएको पाँच वर्ष बितिसक्दा पनि विप्लव नेतृत्वको पार्टीले उल्लेखनीय राजनीतिक प्रभाव विस्तार गर्न नसकेको टिप्पणी हुँदै आएको छ।

यता प्रचण्ड भने कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै सत्ता र राजनीतिक केन्द्रमा रहिरहने रणनीतिमा अघि बढ्दै आएका छन्। पछिल्लो समय भदौमा भएको दुईदिने ‘जेनजी आन्दोलन’ पछि बदलिएको राजनीतिक परिस्थितिमा प्रचण्डले नेकपा एकीकृत समाजवादीलगायत वाम घटकसँग एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए।

तर सो एकीकरण प्रक्रियामा विप्लव सहभागी भएनन्। नेपाली कम्युनिस्ट पार्टी गठन अघिसम्म समाजवादी मोर्चामार्फत सहकार्यमा रहेका प्रचण्ड र विप्लव, माओवादी नाम त्यागेर नयाँ पार्टी गठन भएपछि खुला रूपमा वैचारिक टकरावमा उत्रिएका छन्। दुवै पक्षले एकअर्कालाई ‘वैचारिक विचलन’ को आरोप लगाउन थालेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभई प्रचण्ड नै भागिरहेको आरोप लगाए। उनले सत्ता र सिट केन्द्रित राजनीतिले क्रान्तिको रक्षा नहुने तर्क गरे।

यसअघि बुधबार प्रचण्डले भने विप्लवलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी नै ‘वास्तविक घर’ भएको दाबी गर्दै यताउता भौँतारिएर केही नहुने उनको भनाइ थियो। आत्मसमीक्षा गरेर एकताको प्रक्रियामा आए स्वागत गर्न तयार रहेको प्रचण्डको सन्देश थियो।

तर प्रचण्डको उक्त आह्वानलाई विप्लवले शुक्रबार कडा शब्दमा अस्वीकार गरे। माओवादी विचारलाई भत्काएर एउटा सिट जित्न विरोधीहरूसँग ‘घाँटी जोड्ने’ प्रवृत्तिले क्रान्ति जोगिन नसक्ने उनको भनाइ थियो। विचलनकारीहरूले एकताको अपिल गर्नु नसुहाउने भन्दै जनतासँग सम्पूर्ण रूपमा जोडिएको शक्तिलाई मात्र त्यसको नैतिक अधिकार हुने उनले बताए।

माओवादी आन्दोलनलाई बिसर्जन गर्ने खालको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने स्पष्ट पारेका विप्लवले सत्य तथ्य विचार र आफ्ना एजेण्डासहित जनतामाझ जाने बाटो रोज्ने बताए। उनले प्रचण्डलाई अनुशासनविहीन र ‘दलदलमा फस्दै विकृतितर्फ हुइँकिएको’ नेताका रूपमा चित्रित गर्दै वर्तमान अवस्थामा दुवैबीच एकता सम्भव नरहेको संकेत गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैनः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...

ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...

कति छ, आजको तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending