Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घरदैलो अभियानसम्म—यो निर्वाचनले जिल्लामा अलगै उत्साह र तातोपन पैदा गरेको छ।

यसपटकको चुनावको सबैभन्दा रोचक पक्ष के छ भने कुनै पनि दलबीच गठबन्धन छैन। सबै आ–आफ्नै बलमा मैदानमा उत्रिएका छन्, र यही कारण सिन्धुपाल्चोक–१ को प्रतिस्पर्धा थप चाखलाग्दो बनेको छ।

यो क्षेत्रमा नेकपाबाट माधव सापकोटा, एमालेबाट सरेश नेपाल, कांग्रेसबाट जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राप्रपाबाट राममणि न्यौपाने चुनावी दौडमा छन्। १५ दलका उम्मेदवारसँगै तीन स्वतन्त्र उम्मेदवार पनि मैदानमा उत्रिँदा मत विभाजनको समीकरण झनै पेचिलो देखिन्छ।

अघिल्लो नतिजाको छायाँ, नयाँ खेलको सुरुवात

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेकपाका माधव सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतान्तरले पराजित गरेका थिए। नेपालले २७ हजार १८ मत ल्याए पनि जित हात पार्न सकेका थिएनन्। यही हारको स्मृति र बदलाको चाहनाले यसपटकको प्रतिस्पर्धालाई थप धारिलो बनाएको छ।

यसपटक कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी दौडमा छैनन्। अघिल्लो निर्वाचनमा क्षेत्र परिवर्तन गरेर सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका बस्नेतको अनुपस्थितिले कांग्रेसको खेलमैदान केही फरक देखिएको छ।

सापकोटा : ‘बिरासत जोगाउने’ दाउ

नेकपा उम्मेदवार माधव सापकोटा पुनः इतिहास दोहोर्‍याउने लक्ष्यमा छन्। जनयुद्धको पृष्ठभूमि, विद्यार्थी राजनीतिबाट खारिएका वक्ता, र सांसदका रूपमा ३३ महिनामा बनाएको राष्ट्रिय छविले उनलाई बलियो बनाएको छ।
तातोपानी नाका खोल्ने पहल, जुरे पहिरो पीडितको राहत, बाढी–पहिरोमा जनतामाझ पुगेर देखाएको सक्रियता—यी सबै उनका चुनावी हतियार बनेका छन्। असन्तुष्ट एमाले कार्यकर्ता र देउवा पक्षीय कांग्रेस मतदाता तान्ने रणनीतिमा उनी केन्द्रित देखिन्छन्।

कांग्रेस र एमाले : आन्तरिक घाउ, बाहिरी लडाइँ

कांग्रेस उम्मेदवार जंगबहादुर लामा विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन्। ग्रामीण सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्य उनका प्रमुख एजेन्डा हुन्। तर पार्टीभित्रकै आन्तरिक मतभेद उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।

उता, एमाले उम्मेदवार सरेश नेपाल अघिल्लो हारको बदला लिन चाहन्छन्। पूर्व प्रदेशसभा सदस्य र बागमती प्रदेश सरकारका मन्त्रीसमेत रहिसकेका नेपाल अनुभवी नेता हुन्। तर एमालेभित्र पछिल्लो समय देखिएको असन्तुष्टि—नेताहरूको पार्टी परित्याग र टिकट वितरणको अन्योल—उनको चुनावी यात्रामा भारी पर्दै गएको छ।

रास्वपा : बढ्दो ग्राफ कि जोखिमपूर्ण दाउ ?

एमाले पृष्ठभूमिका भरत पराजुली यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। जलविद्युत् व्यवसायी पराजुलीको जिल्लाको उत्तरी भेगमा व्यावसायिक पकड छ। एमालेबाट रास्वपातर्फ नेता–कार्यकर्ता सरिरहेको क्रमले रास्वपाको राजनीतिक ग्राफ उकालो लागेको देखिन्छ।

तर, हाइड्रोपावर परियोजनासँग जोडिएका स्थानीय असन्तुष्टिका आरोप उनका लागि चुनौती बनेका छन्। यही कारण यो निर्वाचनलाई पराजुलीको राजनीतिक परीक्षाका रूपमा हेरिएको छ।

मतदाताको हातमा अन्तिम फैसला

त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, बाह्रबीसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडासहित बनेको सिन्धुपाल्चोक–१ मा ८३ मतदानस्थल र १७२ मतदान केन्द्र छन्। जिल्लाभर कूल २ लाख ७४ हजार ९९८ मतदाता रहेका छन्।

गठबन्धनविहीन यो प्रतिस्पर्धामा कसले बाजी मार्ला ? यसको उत्तर अब मतदाताको विवेक र मतदान पेटिकाले दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending