Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बताएका छन्। धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस ध्वंस होइन, समन्वय र सुधारको राजनीतिमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पारे।

कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा चित्रित गरे। उनले कांग्रेसको नेतृत्वमा देशलाई अघि बढाउन सबै उम्मेदवार जित्न आवश्यक रहेको भन्दै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।

‘हिजोका राम्रा कुरा सम्झेर, कमजोरी दोहोर्‍याउनु हुँदैन,’ उनले भने, ‘देशलाई सही दिशामा हाँक्न राम पल्टन साह, दिनेश कोइराला, विमलेन्द्र निधि र तपाईंको क्षेत्रबाट महेन्द्र यादव जितेर संसद् पुग्नै पर्छ।’

गगन थापाले कांग्रेस नयाँ सोच, नयाँ शैली र नयाँ आत्मविश्वासका साथ मैदानमा उत्रिएको जिकिर गरे। मधेसले कांग्रेसलाई पूर्ण विश्वास गरे एकमना कांग्रेस सरकार बन्न सक्ने दाबी पनि उनले गरे।

उनका अनुसार अब पार्टीभित्र व्यक्तिगत रुचि, असहमति वा गुनासोभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। ‘पार्टीको उम्मेदवार गाछी चिन्ह लिएर मैदानमा आइसकेपछि व्यक्तिगत धारणा गौण हुन्छ,’ उनले भने, ‘अब बहस होइन, जित महत्वपूर्ण छ। छलफलपछि पनि गर्न सकिन्छ।’

सभापति थापाले भोलि कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले असहयोग गरेको गुनासो सुनिन नपर्ने अवस्था बनाउन आग्रह गरे। कांग्रेस देश जोड्ने शक्ति भएको उल्लेख गर्दै उनले उत्तेजना र ध्वंसको राजनीति कांग्रेसको चरित्र नभएको स्पष्ट पारे।

‘कांग्रेस ध्वंस गर्ने पार्टी होइन, उत्तेजना फैलाउने पार्टी होइन,’ थापाले भने, ‘कांग्रेस भनेको सम्हाल्ने शक्ति हो, मिलाउने शक्ति हो, सच्याउने र सुधार गर्ने शक्ति हो।’ जानकी माताको भूमिबाट कांग्रेसको यही सन्देश घर–घरमा पुर्‍याउन उनले कार्यकर्तालाई आग्रह गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैनः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...

ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...

कति छ, आजको तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending