Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बताएका छन्। धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस ध्वंस होइन, समन्वय र सुधारको राजनीतिमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पारे।

कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा चित्रित गरे। उनले कांग्रेसको नेतृत्वमा देशलाई अघि बढाउन सबै उम्मेदवार जित्न आवश्यक रहेको भन्दै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।

‘हिजोका राम्रा कुरा सम्झेर, कमजोरी दोहोर्‍याउनु हुँदैन,’ उनले भने, ‘देशलाई सही दिशामा हाँक्न राम पल्टन साह, दिनेश कोइराला, विमलेन्द्र निधि र तपाईंको क्षेत्रबाट महेन्द्र यादव जितेर संसद् पुग्नै पर्छ।’

गगन थापाले कांग्रेस नयाँ सोच, नयाँ शैली र नयाँ आत्मविश्वासका साथ मैदानमा उत्रिएको जिकिर गरे। मधेसले कांग्रेसलाई पूर्ण विश्वास गरे एकमना कांग्रेस सरकार बन्न सक्ने दाबी पनि उनले गरे।

उनका अनुसार अब पार्टीभित्र व्यक्तिगत रुचि, असहमति वा गुनासोभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। ‘पार्टीको उम्मेदवार गाछी चिन्ह लिएर मैदानमा आइसकेपछि व्यक्तिगत धारणा गौण हुन्छ,’ उनले भने, ‘अब बहस होइन, जित महत्वपूर्ण छ। छलफलपछि पनि गर्न सकिन्छ।’

सभापति थापाले भोलि कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले असहयोग गरेको गुनासो सुनिन नपर्ने अवस्था बनाउन आग्रह गरे। कांग्रेस देश जोड्ने शक्ति भएको उल्लेख गर्दै उनले उत्तेजना र ध्वंसको राजनीति कांग्रेसको चरित्र नभएको स्पष्ट पारे।

‘कांग्रेस ध्वंस गर्ने पार्टी होइन, उत्तेजना फैलाउने पार्टी होइन,’ थापाले भने, ‘कांग्रेस भनेको सम्हाल्ने शक्ति हो, मिलाउने शक्ति हो, सच्याउने र सुधार गर्ने शक्ति हो।’ जानकी माताको भूमिबाट कांग्रेसको यही सन्देश घर–घरमा पुर्‍याउन उनले कार्यकर्तालाई आग्रह गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending