Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

खबरडबली संवाददाता

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँचीकी शान्ताले दुई वर्षसम्म सहनुपरेको शारीरिक र मानसिक यातनाको अन्त्य भने शल्यक्रियामार्फत मात्र सम्भव भयो।

भारतको पन्जावमा रहेका श्रीमान् माधव बन्जाडेसँग बस्न पुगेपछि शान्तामाथि अप्राकृतिक यौन व्यवहार सुरु भएको उनको भनाइ छ। विरोध गर्दा कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइन्थ्यो। निरन्तर दबाबका कारण मलद्वारको दिसा नियन्त्रण गर्ने स्पिङ्क्टर च्यातियो। मलद्वार र यौनीबीचको भाग च्यातिँदा दिसा नियन्त्रण बाहिर गयो र यौनीमार्ग हुँदै दिसा चुहिन थाल्यो।

गत मंगलबार स्थानीय अस्पताल हुँदै काठमाडौं मोडेल अस्पताल रिफर गरिएकी शान्ताको सोमबार मलद्वार फिस्टुलाको शल्यक्रिया गरिएको हो। स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. गणेश दंगाल र जनरल सर्जन तथा अस्पताल निर्देशक डा. बिजेन्द्रध्वज श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो।

‘अत्यधिक दबाबका कारण स्पिङ्क्टर च्यातिएर माथि सरेको थियो। शल्यक्रिया गरेर प्राकृतिक अवस्थामा मिलाइएको छ,’ डा. श्रेष्ठले बताए। शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको डा. दंगालले जानकारी दिए।

दुई वर्षसम्म दिसा चुहिरहँदा शान्ताको दैनिकी लगभग ठप्प थियो। औषधि खाँदा केही समय नियन्त्रण हुन्थ्यो, नखाँदा जतिबेला पनि दिसा चुहिन्थ्यो। ‘उठ्नासाथ दिसा खस्ने, काम त परको कुरा, बाँच्नै गाह्रो थियो,’ उनले रुँदै सुनाइन्।

घटना २०८० साल चैतको एक रातको हो। निदाइरहेकी शान्तामाथि अचानक हमला भयो। होस खुल्दा यौनीबाट अत्यधिक रगत बगिरहेको थियो। त्यसपछि हप्तौँसम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उपचारका लागि पतिले कतै नलगेको र अरूले थाहा पाउलान् भन्ने डर देखाएको उनी बताउँछिन्। एक पटक नजिकको सरकारी अस्पताल लगिँदा ‘लडेर लागेको’ भन्दै घटना ढाकछोप गरियो।

माघको पहिलो साता छोराले राति पिसाब फेर्न उठ्दा हातहतियारसहित बाबु आमासँग सुतेको दृश्य देखेपछि तस्बिर आफन्तलाई पठाइयो। त्यसपछि माइतीपक्ष, अधिकारकर्मी र सञ्चारमाध्यमको सहयोगमा शान्ता र उनका छोराछोरीको उद्धार गरियो। गत बिहीबार पन्जावबाट नेपाल ल्याइएपछि उपचार सुरु भएको हो।

पन्जावमै रहेका सञ्चारकर्मीहरूसँग माधव बन्जाडेले अप्राकृतिक यौन सम्पर्कका क्रममा पूरै हात प्रयोग गर्दा मलद्वार–यौनीबीचको भाग च्यातिएको स्वीकार गरेको बताइन्छ। मदिरा र लागूपदार्थको लतका कारण शान्ताको ज्यान जोखिममा रहेको ठहर गर्दै परिवारले पुनर्मिलन अस्वीकार गरेका छन्। शान्ताले पनि पतिसँग फर्किन नचाहेको स्पष्ट पारेकी छन्।

शुक्रबार अस्पतालको वार्डमा भेटिएकी शान्ता बारम्बार आत्तिने र रुने अवस्थामा थिइन्। डा. दंगालका अनुसार उनी गम्भीर मानसिक आघातमा छिन्। ‘फेरि हिंसा दोहोरिन्छ कि भन्ने डरले उनलाई सताइरहेको छ,’ उनले बताए।

शल्यक्रियापछि पूर्ण रूपमा सामान्य जीवन फर्किन्छ कि फर्किँदैन भन्ने चिन्ताले उनी व्याकुल छिन्। आर्थिक स्रोत नहुँदा छोराछोरीको भविष्य झन् अनिश्चित देखिन्छ। ‘अलिकति काम गर्न सक्ने भए कुनै पेशा गरेर बच्चा पाल्ने चाहना छ,’ उनले भनिन्।

डा. श्रेष्ठका अनुसार शल्यक्रियापछि दिसा नियन्त्रण पूर्ण रूपमा सामान्य हुन्छ कि हुँदैन भन्ने अहिले नै ठोकुवा गर्न सकिँदैन। ‘हामीले सक्दो मिलाएर शल्यक्रिया गरेका छौँ,’ उनले भने।

डा. दंगालका अनुसार यौनजन्य अत्यधिक दबाबका कारण हुने यस्तो फिस्टुला हजारौँमा एक मात्र देखिने दुर्लभ र गम्भीर समस्या हो। शान्ताको सम्पूर्ण उपचार खर्च अस्पतालले निःशुल्क बेहोरेको पनि उनले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैनः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...

ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...

कति छ, आजको तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending