ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद तामाङ आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान करिब ६ बजे २३ वर्षीया कोपिला नेपाली र उनका श्रीमान् विनोद तामाङबीच विवाद भएको थियो। सोही क्रममा विनोदले चिर्पटले प्रहार गर्दा कोपिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
सूचना अधिकारी मिश्रका अनुसार दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा अभियुक्तले स्वयं स्वीकार गरेका छन्। ‘घटनापछि विनोद तामाङ आफैँ प्रहरी चौकी टिकाभैरवमा उपस्थित भएर श्रीमतीको हत्या गरेको जानकारी गराएका हुन्,’ मिश्रले बताए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी टिकाभैरव र प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली खटिएको थियो। टोलीले शव जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पूरा गरिसकेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। अभियुक्त विनोद तामाङलाई नियन्त्रणमा लिई घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: