Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

खबरडबली संवाददाता

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थालेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको दौडधुप, सभा–समारोह र कार्यकर्ता परिचालन बढेसँगै बजारमा पनि चहलपहल व्यापक बढेको छ ।

केही महिनाअघिसम्म सुनसानजस्तै देखिने गौशाला, बर्दिवास लगायत तराई–मधेशका बजार क्षेत्र अहिले राजनीतिक भेटघाट, रणनीति बैठक र चुनावी कार्यक्रमले भरिन थालेका छन् । होटेल, लज र रेस्टुरेन्टमा चहलपहल बढेको छ भने यातायात व्यवसाय, छपाइ उद्योग, साउन्ड सिस्टम र प्रचार सामग्रीसम्बन्धी कारोबार उल्लेख्य रूपमा बढेको छ ।

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काका अनुसार दैनिकजसो सबै दलका उम्मेदवारका कार्यक्रम भइरहेकाले स्थानीय व्यवसायमा नयाँ जीवन आएको छ ।

निर्वाचन प्रचारप्रसारसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ, सवारी साधनको माग उच्च छ र साना व्यवसायीहरूमा समेत आशा पलाएको देखिन्छ। अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ, जसले अर्थतन्त्रमा अस्थायी भए पनि चलायमानता ल्याउने अपेक्षा गरिएको छ ।

यही चुनावी आशाको छायाँ सेयर बजारमा पनि देखिएको छ। राजनीतिक स्थायित्व र नयाँ नेतृत्वप्रतिको अपेक्षाले लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएका छन् । पछिल्लो सातामा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा उच्च कारोबार देखिएको छ । परिसूचकमा उतारचढाव भए पनि कारोबार रकम ऐतिहासिक रूपमा बलियो देखिएको हो । सोमबार १६ अर्ब १९ करोड रुपियाँको कारोबार भएको थियो भने अन्तिम दिन बिहीबार पनि १४ अर्ब ३३ करोड रुपियाँको कारोबार भयो ।

विशेषगरी पुँजीवादी आर्थिक नीति र निजी क्षेत्रमैत्री दृष्टिकोण लिएका नयाँ राजनीतिक शक्तिहरूको उदयले बजारलाई सकारात्मक सङ्केत दिएको विश्लेषकहरू बताउँछन् । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भएसँगै नेप्से परिसूचक एकैदिन ४२ अङ्कले बढ्नु त्यसको उदाहरण मानिन्छ ।

निर्वाचन आयोगले मतपत्र छपाइ अन्तिम चरणमा पुर्‍याएको छ भने म्यादी प्रहरी भर्ना प्रक्रिया पूरा भइसकेको छ । माघको दोस्रो सातादेखि नेपाली सेना परिचालनको तयारीसँगै चुनावी तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । दातृ निकायहरूले पनि आवश्यक सहयोग उपलब्ध गराउन थालेका छन् ।

विश्लेषकहरूका अनुसार यो निर्वाचन जेन–जी आन्दोलनबाट उत्पन्न राजनीतिक चेतनाको परिणाम हो। कुशासन, भ्रष्टाचार र पुराना राजनीतिक शक्तिप्रतिको असन्तोषले नयाँ दल र नयाँ नेतृत्वप्रति जनआकर्षण बढाएको छ । यद्यपि, पुराना र सांगठनिक रूपमा बलिया दलहरू अझै कमजोर भइसकेका छैनन् र मिश्रित निर्वाचन प्रणालीका कारण स्पष्ट बहुमत आउन कठिन देखिन्छ ।

यसअघि बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिँदा सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको उदाहरण दिँदै लगानीकर्ताहरूले नयाँ राजनीतिक शक्तिप्रति बजारको सकारात्मक धारणा रहेको बताउँदै आएका छन् । ती दलहरूको आर्थिक दृष्टिकोण उदारवादी तथा निजी क्षेत्रमैत्री भएकाले बजार अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ ।

इतिहासले देखाएझैँ राजनीति र सेयर बजारबीच गहिरो सम्बन्ध छ । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रको प्रभाव बढ्दा सेयर बजारमा गिरावट आएको थियो । सो समयमा अर्थनीतिसम्बन्धी अभिव्यक्तिले बजारको मनोविज्ञान नकारात्मक बनेको उदाहरण पनि स्मरणीय छ । तर पछिल्ला वर्षहरूमा कम्युनिष्ट भनिने दलहरू समेत व्यवहारमा उदार अर्थनीतितर्फ उन्मुख हुँदै आएका छन् ।

हालको अवस्थामा सेयर बजार दलीय नामभन्दा पनि नीति, नेतृत्व र स्थायित्वप्रति बढी संवेदनशील देखिन्छ । पुराना अनुहार दोहोरिने हो कि भन्ने आशङ्का कायमै रहे पनि प्रमुख दलहरूमा युवा नेतृत्व अघि सारिएको छ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ भने अन्य दलहरूमा पनि युवाको उपस्थिति उल्लेख्य देखिन्छ ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा नयाँ सोच र युवा नेतृत्वको खोजी भइरहेको वर्तमान राजनीतिक माहौलले आगामी दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिलेको बजार दलीय नामभन्दा पनि नीति, नेतृत्व र स्थायित्वप्रति संवेदनशील देखिन्छ। नयाँ सोच, युवा नेतृत्व र स्थिर सरकारको अपेक्षाले चुनाव नजिकिँदै जाँदा बजार थप उत्साहित हुने विश्लेषकहरूको विश्वास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना, एक जना बेपत्ता

कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...

पेटभरि खाना नपाइएको भन्दै कीर्तिपुरमा सुकुमवासीको आक्रोश

काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी नलड्ने

काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending