काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरीजल, बाघद्वार र शिवपुरी यही क्षेत्रमा पर्छन्। तर आसन्न प्रतिनिधि सभा निर्वाचनमा यहाँ कसले जितको तिर्खा मेट्छ भन्ने अझै खुलिसकेको छैन।
आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौँ–३ मा २४ उम्मेदवार मैदानमा छन्। विगतमा निरन्तर सांसद फेर्दै आएको यो क्षेत्र यसपटक पनि कडा प्रतिस्पर्धाको केन्द्र बनेको छ।
यस निर्वाचन क्षेत्रमा परम्परागत रूपमा कांग्रेस–एमालेको पकड रहँदै आएको छ। २०७४ मा एमालेका कृष्ण राई निर्वाचित हुँदा २०७९ मा कांग्रेसका सन्तोष चालिसे विजयी भए। तर यसपटक कुनै गठबन्धन नहुँदा एमाले, कांग्रेस, नेकपा, रास्वपा र उज्यालो नेपाल पार्टीबीच सीधा भिडन्त हुने देखिन्छ।
यस चुनावको सबैभन्दा चासोको विषय बनेका छन्—उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ। लोडसेडिङ अन्त्यका कारण लोकप्रिय घिसिङले राजनीतिक ‘डेब्यु’का लागि काठमाडौँ–३ रोजेका छन्। बौद्ध आसपासको जनजाति मत र व्यक्तिगत लोकप्रियता उनका बलिया आधार मानिन्छन्।
रास्वपाले बालेन शाहको लोकप्रियतालाई ‘बालेन कार्ड’का रूपमा प्रयोग गर्दै राजुनाथ पाण्डेलाई अघि सारेको छ। नगर प्रहरी प्रमुखका रूपमा चर्चामा आएका पाण्डेलाई संगठन र क्रेजले कति टेवा दिन्छ भन्ने खुल्न बाँकी छ।
एमालेबाट पाँचौँ पटक मैदानमा उत्रिएका रामेश्वर फुयाल अनुभव र स्थानीय पकडका आधारमा प्रतिस्पर्धामा छन्। कांग्रेसले भने अघिल्लो विजेता चालिसेलाई दोहोर्याएन, पूर्ववडाध्यक्ष रमेश अर्याललाई अघि सार्दै जोखिमपूर्ण प्रयोग गरेको छ।
६४ हजारभन्दा बढी मतदाता रहेको काठमाडौँ–३ मा यसपटक अनुभव, संगठन, लोकप्रियता र परिवर्तनको नाराबीच कडा भिडन्त हुने निश्चित देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: