काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले उद्देश्यविहीन समूहहरूलाई लक्षित गर्दै ती शक्तिहरू जनभावना समेट्न असमर्थ रहेको दाबी गरे।
ओलीले पछिल्लो समय केही राजनीतिक समूहहरू धरातलीय यथार्थभन्दा टाढा रहेर गतिविधि गरिरहेको टिप्पणी गरे। त्यस्ता शक्तिहरूलाई ‘आकासे खेती’को संज्ञा दिँदै उनले भने, “निश्चित संगठन, विचार र गन्तव्य नभएकाहरू जनतासम्म पुग्न सक्दैनन्। उनीहरू कहाँबाट सञ्चालित छन् र भोलि कहाँ पुग्छन् भन्ने कुनै टुंगो छैन।”
सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रवृत्ति बढेको उल्लेख गर्दै ओलीले वैचारिक स्पष्टता बिना चलाइने अभियानहरूबाट कुनै परिणाम नआउने बताए। “एउटा मोबाइलको भरमा देशमा हुँडलो मच्चाउने प्रयास भइरहेको छ,” उनले भने, “विचारविहीन र आधारहीन अभियानहरू ‘बतासे अण्डा’ जस्तै हुन्।”
आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय केही शक्तिप्रति संकेत गर्दै उनले कटाक्ष गरे, “मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन्, सिंगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन।”
विध्वंस, तोडफोड र लुटपाटलाई ‘क्रान्ति’का नाममा महिमामण्डन गर्ने प्रवृत्तिले देशलाई बलियो नबनाउने उनको धारणा थियो। “आगो बाल्न, भड्काउन, तोडफोड र लुटपाट गर्न जान्ने कुरालाई क्रान्ति भनेर महिमा गाइन्छ,” उनले भने, “यी सबै आकासे खेती हुन्।”
एमालेलाई कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: