काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले उद्देश्यविहीन समूहहरूलाई लक्षित गर्दै ती शक्तिहरू जनभावना समेट्न असमर्थ रहेको दाबी गरे।
ओलीले पछिल्लो समय केही राजनीतिक समूहहरू धरातलीय यथार्थभन्दा टाढा रहेर गतिविधि गरिरहेको टिप्पणी गरे। त्यस्ता शक्तिहरूलाई ‘आकासे खेती’को संज्ञा दिँदै उनले भने, “निश्चित संगठन, विचार र गन्तव्य नभएकाहरू जनतासम्म पुग्न सक्दैनन्। उनीहरू कहाँबाट सञ्चालित छन् र भोलि कहाँ पुग्छन् भन्ने कुनै टुंगो छैन।”
सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रवृत्ति बढेको उल्लेख गर्दै ओलीले वैचारिक स्पष्टता बिना चलाइने अभियानहरूबाट कुनै परिणाम नआउने बताए। “एउटा मोबाइलको भरमा देशमा हुँडलो मच्चाउने प्रयास भइरहेको छ,” उनले भने, “विचारविहीन र आधारहीन अभियानहरू ‘बतासे अण्डा’ जस्तै हुन्।”
आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय केही शक्तिप्रति संकेत गर्दै उनले कटाक्ष गरे, “मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन्, सिंगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन।”
विध्वंस, तोडफोड र लुटपाटलाई ‘क्रान्ति’का नाममा महिमामण्डन गर्ने प्रवृत्तिले देशलाई बलियो नबनाउने उनको धारणा थियो। “आगो बाल्न, भड्काउन, तोडफोड र लुटपाट गर्न जान्ने कुरालाई क्रान्ति भनेर महिमा गाइन्छ,” उनले भने, “यी सबै आकासे खेती हुन्।”
एमालेलाई कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: