Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘वाचापत्र २०८२’ सार्वजनिक गरेका छन्। आधुनिक कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, डिजिटल पूर्वाधारदेखि सुशासन र रोजगारीसम्मका क्षेत्र समेट्दै उनले पर्वतलाई “अवसरयुक्त, प्रविधिमैत्री र समतामूलक जिल्ला” बनाउने योजना अघि सारेका हुन्।

तिमिल्सिनाले एग्रो–टुरिज्म सर्किट, पकेट क्षेत्र विकास, स्थानीय उत्पादनको ब्रान्डिङ, जडीबुटी प्रशोधन, सामूहिक खेती प्रोत्साहन र होमस्टे स्तरोन्नतिलाई कृषि–पर्यटनको मुख्य आधार बनाउने बताएका छन्। शिक्षा क्षेत्रमा विद्यालय एकीकरण, स्मार्ट कक्षाकोठा, प्राविधिक तथा सीपमूलक शिक्षा र शिक्षक प्रोत्साहन कार्यक्रम लागू गर्ने योजना छ।

स्वास्थ्यतर्फ टेलिमेडिसिन, मोबाइल क्लिनिक र स्वास्थ्य चौकी स्तरोन्नति; पूर्वाधारतर्फ बाह्रमासे सडक सञ्जाल, वैकल्पिक लोकमार्ग, पुल निर्माण र विद्युतीय बस सञ्चालनका पहल गर्ने प्रतिबद्धता जनाइएको छ। २०८५ सम्म शतप्रतिशत घरधुरीमा गुणस्तरीय विद्युत्, सामुदायिक सौर्य ऊर्जा र सिँचाइमा सौर्य पम्प जडानलाई प्राथमिकता दिइने उल्लेख छ।

डिजिटल पर्वत अवधारणाअन्तर्गत फाइबर इन्टरनेट विस्तार, आईटी पार्क/आईसीटी हब, ई–गभर्नेन्स, डिजिटल साक्षरता र फ्रिलान्सिङ रोजगारी सिर्जनामा जोड दिइएको छ। सिँचाइ, भूसंरक्षण, नदी नियन्त्रण, विपद् पूर्वसूचना प्रणाली र आपतकालीन केन्द्र स्थापना पनि योजनामा समेटिएका छन्।

समान समावेशीकरण, युवा–महिला सशक्तीकरण, स्टार्टअप फन्ड, साना उद्योग प्रवर्द्धन, रिटर्नी माइग्रेन्ट कार्यक्रम, प्रवासी नेपालीसँग लगानी र मतदान अधिकारसम्बन्धी पैरवी गर्ने एजेन्डा पनि वाचापत्रमा छन्। खनिज सम्पदाको वैज्ञानिक उत्खनन, कालीगण्डकी धार्मिक–सांस्कृतिक सर्किट, संग्रहालय निर्माण र सांस्कृतिक अभिलेखीकरणमार्फत पर्यटन र पहिचान जोगाउने लक्ष्य राखिएको छ।

सुशासनतर्फ अनलाइन सेवा, बजेट–खर्च पारदर्शिता, सार्वजनिक सुनुवाइ, भूमि बैंक, जग्गा चक्लाबन्दी र बाँदर नियन्त्रणका विशेष कार्यक्रम घोषणा गरिएको छ। ‘पर्वत विकास सम्मेलन’, ‘योजना बैंक’ र ‘विज्ञ बैंक’मार्फत दीर्घकालीन योजना तर्जुमा गर्ने अवधारणा पनि अघि सारिएको छ।

संसद्मा पुगेपछि संघीय शिक्षा विधेयक, गुणस्तरीय स्वास्थ्य, युवा रोजगारी, वैदेशिक रोजगारीका हक–सुरक्षा, भ्रष्टाचारविरुद्ध कडा कानुन, फेसलेस–पेपरलेस सेवा, जलविद्युत् स्वदेशी उद्योगलाई सस्तो दरमा उपलब्ध गराउने नीतिलगायत विषय प्राथमिकतामा उठाउने तिमिल्सिनाको प्रतिबद्धता छ।

“म नेता होइन, तपाईँहरूको सन्तान र साथी हुँ। निर्वाचनपछि पनि रिपोर्ट कार्डसहित घरदैलोमा आउनेछु,” तिमिल्सिनाले वाचापत्रमा उल्लेख गरेका छन्। उनले भ्रष्टाचार नगर्ने, राज्यस्रोत दुरुपयोग नगर्ने र आस्थाका आधारमा भेदभाव नगर्ने सार्वजनिक प्रतिज्ञा पनि गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE