काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘वाचापत्र २०८२’ सार्वजनिक गरेका छन्। आधुनिक कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, डिजिटल पूर्वाधारदेखि सुशासन र रोजगारीसम्मका क्षेत्र समेट्दै उनले पर्वतलाई “अवसरयुक्त, प्रविधिमैत्री र समतामूलक जिल्ला” बनाउने योजना अघि सारेका हुन्।
तिमिल्सिनाले एग्रो–टुरिज्म सर्किट, पकेट क्षेत्र विकास, स्थानीय उत्पादनको ब्रान्डिङ, जडीबुटी प्रशोधन, सामूहिक खेती प्रोत्साहन र होमस्टे स्तरोन्नतिलाई कृषि–पर्यटनको मुख्य आधार बनाउने बताएका छन्। शिक्षा क्षेत्रमा विद्यालय एकीकरण, स्मार्ट कक्षाकोठा, प्राविधिक तथा सीपमूलक शिक्षा र शिक्षक प्रोत्साहन कार्यक्रम लागू गर्ने योजना छ।
स्वास्थ्यतर्फ टेलिमेडिसिन, मोबाइल क्लिनिक र स्वास्थ्य चौकी स्तरोन्नति; पूर्वाधारतर्फ बाह्रमासे सडक सञ्जाल, वैकल्पिक लोकमार्ग, पुल निर्माण र विद्युतीय बस सञ्चालनका पहल गर्ने प्रतिबद्धता जनाइएको छ। २०८५ सम्म शतप्रतिशत घरधुरीमा गुणस्तरीय विद्युत्, सामुदायिक सौर्य ऊर्जा र सिँचाइमा सौर्य पम्प जडानलाई प्राथमिकता दिइने उल्लेख छ।
डिजिटल पर्वत अवधारणाअन्तर्गत फाइबर इन्टरनेट विस्तार, आईटी पार्क/आईसीटी हब, ई–गभर्नेन्स, डिजिटल साक्षरता र फ्रिलान्सिङ रोजगारी सिर्जनामा जोड दिइएको छ। सिँचाइ, भूसंरक्षण, नदी नियन्त्रण, विपद् पूर्वसूचना प्रणाली र आपतकालीन केन्द्र स्थापना पनि योजनामा समेटिएका छन्।
समान समावेशीकरण, युवा–महिला सशक्तीकरण, स्टार्टअप फन्ड, साना उद्योग प्रवर्द्धन, रिटर्नी माइग्रेन्ट कार्यक्रम, प्रवासी नेपालीसँग लगानी र मतदान अधिकारसम्बन्धी पैरवी गर्ने एजेन्डा पनि वाचापत्रमा छन्। खनिज सम्पदाको वैज्ञानिक उत्खनन, कालीगण्डकी धार्मिक–सांस्कृतिक सर्किट, संग्रहालय निर्माण र सांस्कृतिक अभिलेखीकरणमार्फत पर्यटन र पहिचान जोगाउने लक्ष्य राखिएको छ।
सुशासनतर्फ अनलाइन सेवा, बजेट–खर्च पारदर्शिता, सार्वजनिक सुनुवाइ, भूमि बैंक, जग्गा चक्लाबन्दी र बाँदर नियन्त्रणका विशेष कार्यक्रम घोषणा गरिएको छ। ‘पर्वत विकास सम्मेलन’, ‘योजना बैंक’ र ‘विज्ञ बैंक’मार्फत दीर्घकालीन योजना तर्जुमा गर्ने अवधारणा पनि अघि सारिएको छ।
संसद्मा पुगेपछि संघीय शिक्षा विधेयक, गुणस्तरीय स्वास्थ्य, युवा रोजगारी, वैदेशिक रोजगारीका हक–सुरक्षा, भ्रष्टाचारविरुद्ध कडा कानुन, फेसलेस–पेपरलेस सेवा, जलविद्युत् स्वदेशी उद्योगलाई सस्तो दरमा उपलब्ध गराउने नीतिलगायत विषय प्राथमिकतामा उठाउने तिमिल्सिनाको प्रतिबद्धता छ।
“म नेता होइन, तपाईँहरूको सन्तान र साथी हुँ। निर्वाचनपछि पनि रिपोर्ट कार्डसहित घरदैलोमा आउनेछु,” तिमिल्सिनाले वाचापत्रमा उल्लेख गरेका छन्। उनले भ्रष्टाचार नगर्ने, राज्यस्रोत दुरुपयोग नगर्ने र आस्थाका आधारमा भेदभाव नगर्ने सार्वजनिक प्रतिज्ञा पनि गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: