भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार उक्त कार्यालय भक्तपुर–२ का प्रत्यक्षतर्फका उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ र समानुपातिक उम्मेदवार दिलिपकुमार प्रजापति ‘भीष्म’ले संयुक्त रूपमा उद्घाटन गरे।
उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै दीपशिखाले आफू सधैँ जनताको सुख–दुःखमा साथ रहेको र आगामी दिनमा पनि जनताकै सेवामा समर्पित रहने बताए। “हिजो पनि जनताको सेवामा थिएँ, आज पनि छु र भोलि पनि जनताकै सेवामा रहनेछु,” उनले भने। प्रतिनिधिसभामा पुगेर सुशासन, समृद्धि र सेवा–प्रवाहलाई प्राथमिकता दिने तथा भक्तपुर–२ का समस्या समाधानमा नेतृत्व गर्ने उनको भनाइ थियो।
समानुपातिक उम्मेदवार प्रजापतिले अघिल्लो सरकारको नीतिका कारण देश कठिन परिस्थितिमा पुगेको दाबी गर्दै पछिल्ला आन्दोलनका घटनालाई स्मरण गरे। मतदाताले सही–गलत छुट्याउनुपर्नेमा जोड दिँदै उनले पार्टीले विगतमा जनपक्षीय काम गरेको दाबी गरे।
नगर उपाध्यक्ष नरेश रञ्जितले ऐतिहासिक तथा सांस्कृतिक महत्वको नगदेशमा कार्यालय स्थापना भएपछि स्थानीय कार्यकर्तामा उत्साह थपिएको बताए। पार्टीका नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ मध्यपुर थिमिको उपप्रमुख निर्वाचित भई काम गरिरहेको उल्लेख गर्दै कार्यकर्ताहरूले यस क्षेत्रलाई आफ्नो बलियो आधारका रूपमा लिएको बताएका छन्।
भक्तपुर–२ मा २०६४ मा तत्कालीन नेकपा (माओवादी) दोस्रो र २०७० मा तेस्रो भएको इतिहास छ। त्यसयता भने उक्त शक्तिले विभिन्न गठबन्धनका उम्मेदवारलाई सघाउँदै आएको थियो। अहिले भने नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रभावशाली नेताहरू मैदानमा उत्रिएकाले कार्यकर्तामा उत्साह देखिएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: