दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ ।
निर्वाच अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रूपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरूले प्रतिबद्धता पनि जनाएकाछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छन् । दुबै जनालाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी सङ्ग्रौला लगायतले पनि चुनावी अभियानलाई तीव्रता दिएको छन् ।
झापाका प्रमुख निर्वाचन अधिकृत उमेरशप्रसाद लुइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि ३ पटक राजनीतिक दलका प्रतिनिधिहरूसँग तथा सर्वपक्षीय छलफल भइसकेको बताए। ‘‘आचारसंहिता पालना नभएको विषयमा गुनासो आएका छन् र त्यस्तो अवस्था पनि देखिन्छ,’’ उनले भने, ‘‘आचारसंहिता पालना गर्न हाम्रो अनुरोध छ र पालना नभए अब कारबाही सुरु गर्छौ ।’’
झापामा अन्य क्षेत्रहरूका कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले जनाए। झापामा राजनीतिक दलहरूले तडकभडकसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाउँठाउँमा प्रचार सामग्रीहरू राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागीहरूले आपत्ती जनाएका थिए ।
यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारहरूका लागि नै भएको बताए। आचारसंहिता पालना गरेर भयरहित अवस्थामा निर्वाचन गराउन सबैको साथ र सहयोगको अपेक्षा छ, उहाँले भन्नुभयो ।
आचारसंहिता अनुगमन अधिकृतहरूद्वारा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अघि बढ्ने उनले उल्लेख गरे। झापा ५ लाई विशेष चासोका साथ हेरिएको जनाउँदै सबैको साथले मात्र निर्वाचन स्वच्छ र भयरहित बन्ने उनले जनाए।
नेकपा एमालेका नेता रोमनाथ ओली, संविधान सभा सदस्य दीपक कार्की, नेपाली कांग्रेसका प्रेम भट्टराई, नेकपाका तिर्थराज बस्नेत, राप्रपाका टङ्कप्रसाद पाठक लगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुनेजस्तो अवस्था देखिएको भन्दै सरोरकारवालाहरूको ध्यानकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - ११:५१
दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...
माघ १९ गते, २०८२ - ११:३७
नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...
माघ १९ गते, २०८२ - ११:२६
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...
माघ १९ गते, २०८२ - ११:१५
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...
माघ १९ गते, २०८२ - ११:०३
मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...
माघ १९ गते, २०८२ - १०:३७
चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...
माघ १९ गते, २०८२ - १०:२७
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...
माघ १९ गते, २०८२ - १०:११
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...



प्रतिकृया लेख्नुहोस्: