Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

सेवाग्राहीसँग घुस मागेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ। कुरियरमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिएको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजाललाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको उजुरीपछि कारबाही हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालयस्थित पार्सल ९निकासी० शाखामा कार्यरत कर्मचारीहरूले सामान निकासी गर्दा दु:ख दिने र अतिरिक्त रकम माग गर्ने गरेको उजुरी आयोगमा परेपछि टोली परिचालन गरिएको थियो ।

माघ १८ गते टोलीले उनीहरूलाई घुसको नगद र स्रोत नखुलेको रकमसहित रङ्गेहात फेला पारेको आयोगले जनाएको छ ।

नगद र मोबाइल बरामद 

आयोगका अनुसार खानतलासीका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षको घर्रा र निजको साथबाट घुसबापत लिएको १० हजारसहित कुल एक लाख ४६ हजार ४२० रुपियाँ बरामद गरिएको छ । यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसबापतको २० हजारसहित ३८ हजार ८४८ रुपियाँ फेला परेको छ ।

टोलीले अभियुक्तहरूको साथबाट स्रोत नखुलेका अन्य रकम र विभिन्न व्यक्तिहरूको २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका कर्मचारीहरूको साथबाट कुल दुइ लाख ६८ हजार २८८ रुपियाँ बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी, अपेक्षाभन्दा बढीको नाम दर्ता

काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल, स्नातक तह पढ्नलाई नागरिकता नचाहिने

काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending