काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार वितरण कार्यक्रमको खाका र रकमसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको मन्त्रालयका उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो । तर जेनजी पक्षले कर्मचारीले तलब पाएजसरी मासिक रूपमा भत्ता पाउनुपर्ने माग गरेपछि मन्त्रिपरिषद्ले पुन: निर्णय गर्दै अनुदान रकमका रूपमा वितरण गर्ने व्यवस्था गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये सरकारले ४२ जनालाई शहीद घोषणा गरेको छ ।
शहीद घोषणा गरिएका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । चाडपर्व भत्तासहित १३ महिनाको सुविधा प्रदान गरिनेछ । ४२ शहीद परिवारलाई मासिक २१ हजार ८ सय रुपैयाँ १३ महिनाका दरले वितरण गर्दा कुल रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ पुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: