नेपालगन्ज। सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन्।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सो सुविधा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औषधी उपचार खर्च पाउने भएका हुन् । यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् ।
सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहनुभएका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा।राजन पाण्डेले थालेसेमियाका बिरामीले पनि अब भेरी अस्पतालबाटै शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, प्रयोगशाला लगायतमा उक्त सुविधा प्राप्त गर्ने बताए।
उनका अनुसार मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सेवा पाउँदै आएकोमा अबदेखि थालेसिमियाका बिरामीलाई पनि एक लाख रुपियाँसम्मको उपचार सहयोग पाउने भएपछि उनीहरूलाई ठुलो राहत मिल्ने भएको छ ।
सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया, सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सुविधा पाउने भेरी अस्पताललले जनाएको छ । भेरी अस्पतालमा थालेसिमियाका करिब १०० जना बिरामी फलोअपमा रहेको जनाउँदै अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। पाण्डेले सरकारी सेवा पाउने भएपछि थालेसिमियाका बिरामीको एकिन गर्न सहज हुने बताए। उनले सिकलसेलका एक हजार २०० बिरामी भेरी अस्पतालमा नियमित फलोअपमा रहेको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: