दमक। झापा क्षेत्र नं. ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ र ३ मा लागु हुने गरी नेकपा ९एमाले० र राप्रपाबिच तालमेल रहेको थियो । यो क्षेत्रमा तत्कालीन अवस्थामा सत्ता गठबन्धनका रूपमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच तालमेल रहेको थियो ।
निर्वाचन नजिकिँदै जाँदा शीर्ष नेताहरूबिच तालमेल हुने हल्लाका कारण मतदाता अन्योलमा रहेका छन् । तर स्थानीय राजनीतिक दल तथा केन्द्रीय नेताहरूले समेत तालमेल नभएको र हुन सक्ने सम्भावना कम रहेको बताउँदै आएका छन् ।
मतदातामाझ गइरहँदा तालमेलको विषयमा मतदाताले प्रश्न गर्न थालेको उम्मेदवारले पनि बताउन थालेका छन् । नेकपा ९एमाले० का नेता एवं झापा क्षेत्र नं। ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले एमाले एक्लै चुनावी मैदानमा रहेको बताएको छन ।
“अहिलेसम्म स्थानीय स्तरमा कसैले चुनावी तालमेल भइसकेको अवस्था छैन,” उनले भने। यहाँ पार्टी कमजोर भयो भनेर हल्ला फैलाउने र तालमेलमा लागे भनेर भ्रम छर्ने काम भइरहेको पनि उनको भनाइ छ । “हामी बलियो अवस्थामा छौँ र अहिलेसम्म तालमेलको कुरा कतैबाट निश्चित भएको छैन,” उनले भने ।
नेकपा उम्मेदवार रञ्जित तामाङले निर्वाचनमा तालमेलको विषय बेमौसमी बाजा भएको बताए । अहिले यो सम्भावना नदेखेको बताए। “हामी निर्वाचनमा होमिएका छौँ र जनताको घरदैलोमा पुगिसकेका छौँ,” उनले भने। अनावश्यक रूपमा हल्ला फैलाइएको उनको भनाइ छ ।
राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले झापा–५ मा एमालेसँग तालमेल भयो भनेर हल्ला फिँजिएको भए पनि यसमा सत्यता नरहेको बताए। अहिले आफूहरू निर्वाचन अभियानमा केन्द्रित रहेर मतदातासम्म मत मागिरहेको उनको भनाइ छ । “यो पटक तालमेल छैन र समर्थक निराश हुनुपर्ने आवश्यक छैन,” उनले भने।
यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धालाई लिएर अहिले चर्चामा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: