Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

फोहोर नउठ्दा दुर्गन्धित र कुरूप बन्दै पोखरा

खबरडबली संवाददाता

लेखनाथ। हिमाली क्षेत्रमा हिमपात भएका बेला अक्सर पोखरा र यहाँबाट देखिने हिमालले सामाजिक सञ्जाल भरिन्थे ।

यसपालि पनि हिमपात भयो, माछापुच्छ्रेसहितका हिमाल सेताम्ये छन् । तर, सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोखराको सौन्दर्य होइन, यहाँको कुरूप चित्रले ठाउँ पाएको छ ।

एक महिनादेखि फोहोर व्यवस्थापन नहुँदा एकातिर सडक दुर्गन्धित हुन थालेको छ भने अर्कातिर चोक, सडक छेउ र सार्वजनिक स्थानहरूमा फोहोरको डङ्गुर थुप्रिएको देखिन्छ । 

पोखरा–३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुस अन्तिम साताबाट पोखराको फोहोर उठेको छैन ।लेकसाइड र मुख्य सडकमै फोहोर गन्हाउन थालेपछि केही फोहोर भने महानगरले खाल्डो खनेर सेती किनारको शान्तिवन वाटिकभित्र गाडेको थियो । 

महानगरले भने फोहोर व्यवस्थापनका लागि ठाउँ खोल्ने पहल भइरहेको जनाएको छ । महानगरका प्रमुख धनराज आचार्य चाँडै समाधान निस्कने बताउछन्।

उनी भन्न्छन्, “प्रक्रिया जारी छ । सकेसम्म यसको छिटो व्यवस्थापन हुन्छ । त्यतिञ्जेलसम्मका लागि धैर्यधारण गरिदिनका लागि अनुरोध छ ।”

पोखरा–१४, बाच्छेबुडुवाको सेनिटरी ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि बन्द गरिएपछि महानगरले ल्यान्डफिलका लागि नयाँ ठाउँ पाएको छैन । 

यो बिचमा ५० भन्दा बढी ठाउँ हेरिए पनि स्थानीयको अवरोधले प्रक्रियाअघि बढेको छैन । पछिल्लो महिनादेखि पोखरा ३३ को झाक्री खोलामा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्रका कारण स्थानीय आन्दोलित छन् । 

पोखरा–३२, लामेआहालमा छ महिनाका लागि खोजिएको अस्थायी ल्यान्डफिल साइट साढे दुई वर्षसम्म सञ्चालनमा आउँदा पनि महानगरले नयाँ ल्यान्डफिलको व्यवस्था गर्न सकेन ।

फोहोर फाल्नका लागि ठाउँ खोज्नै समय लागेको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताउनुहुन्छ ।“हामी जहाँ ठाउँ खोज्न जहाँ गएका छौंँ, त्यहाँका नागरिकले अस्वीकार गरिरहेका छन् । वडा नम्बर ३३ मा दिएनन्, ३२ मा खाजेको त्यहाँ पनि भएन, ३० मा जाँदा पनि कुरो मिलेन,” उनले भने। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी फोहोरका कारण पर्यटन क्षेत्रमा समेत नकरात्मक सन्देश गएको उल्लेख गर्नुहुन्छ । पोखरामा अहिले दैनिक करिब दुई सय टन फोहर जम्मा हुने गरेको महानगरको तथ्याङ्क छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

संविधान पुनर्लेखन होइन, १० वर्षको अभ्यासको समीक्षा र परिमार्जन आवश्यक : आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...

अदालतको प्रक्रिया आफ्नै ठाउँमा, कांग्रेसको रूपान्तरण अभियान नरोकिने: महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...

ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ

वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending