Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

गहुँ खेतमा आयोजना गरिको राजनीतिक कार्यक्रमको सर्वत्र विरोध

खबरडबली संवाददाता

कालीकोट। कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको औचित्यमाथि प्रश्न उठेको छ। २१ दल तथा मोर्चा मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित ‘एकता सन्देश सभा’ गहुँ  खेतमा पाल टाँगेर, झण्डा गाडेर तथा ठुलो सङ्ख्यामा मानिस भेला गरिएपछि बालीमा क्षति पुगेको भन्दै स्थानीयले विरोध जनाएका छन्।

स्थानीय किसानहरूका अनुसार गहुँ पाक्ने संवेदनशील समयमा यसरी खेत प्रयोग गर्दा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता छ। “खेत हाम्रो जीवनको आधार हो, राजनीतिक कार्यक्रमका लागि यसरी प्रयोग हुनु उचित होइन,” शुभकालिका गाउँपालिका–४ का रमेश सुनालले भने।

घटनापछि सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ। आलोचकहरूले किसानको श्रम, निजी सम्पत्ति र जीविकासँग प्रत्यक्ष जोडिएको जमिनमा राजनीतिक गतिविधि गर्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन्।

यो घटना शुभकालिका गाउँपालिका वडा नम्बर ४ को हो। सो स्थानमा नेपाली कम्युनिष्ट पार्टी कालीकोटका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्रबहादुर शाहीको चुनावी सभा आयोजना गरिएको थियो। स्थानीय हस्त सुनारले गरिब तथा दलित समुदायका किसानको खेत प्रयोग हुनु सामाजिक न्यायको दृष्टिले समेत संवेदनशील विषय भएको बताए। उनका अनुसार खेतीयोग्य जमिन संरक्षण गर्नु राज्य, राजनीतिक दल र सबै नागरिकको साझा दायित्व हो।

सार्वजनिक कार्यक्रमका लागि खुला मञ्च, विद्यालयको प्राङ्गण वा अन्य सार्वजनिक स्थल उपलब्ध हुँदाहुँदै खेती भइरहेको खेत रोजिनु गलत अभ्यास भएको स्थानीयको भनाइ छ। यस घटनाले राजनीतिक दलहरूले कार्यक्रम आयोजना गर्दा किसानको श्रम र अधिकारप्रति कति संवेदनशील छन् भन्ने गम्भीर प्रश्न उठाएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ।

स्थानीय बासिन्दाहरूले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन स्पष्ट मापदण्ड बनाउन तथा किसानलाई भएको क्षतिको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। यद्यपि कार्यक्रम आयोजक पक्षले भने उक्त गहुँबारी आफ्नै कार्यकर्ताको भएको र सहमतिमै कार्यक्रम गरिएको दाबी गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending