Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

झुटा सूचनाले समाजलाई गम्भीर समस्या: उपाध्यक्ष पौडेल

खबरडबली संवाददाता

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाको फैलावटले समाजमा समस्या सिर्जना गरिरहेको बताए।

प्रेस चौतारी नेपाल रूपन्देहीले शुक्रबार आयोजना गरेको कृत्रिम बुद्धिमत्ता ९एआई०सम्बन्धी तालिमको आज बुटवलमा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए।

“समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ”, उनले भने, “झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्छ ।”

विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए।

उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । उनले प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न नसक्ने पनि बताउनुभयो । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने बताए। उनले यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताउँदै प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आयोजिक तालिममा रुपन्देहीमा क्रियाशील २ दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेनसँग छलफलमा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत। युद्वविरामको वावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका ...

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँ...

कर्मचारीलाई आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन

काठमाडौं। संघीय मामिला तथा प्रशासन मन्त्रालय ले सरकारी कर्मचारीहरूलाई आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव ...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट। गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्तत:...

सुदन किराँतीले साधारण सदस्यसमेत नरहने गरि त्यागे प्रलोपा

काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा अन्त्य गरेका छन्। यसअघि १८ चैतमा अध्यक्ष परिषद् सदस्...

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुन: निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ। बै...

वामपन्थी शक्तिबीच एकता आवश्यक छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी ...

शैक्षिक सत्र सारिँदा अन्योल: क्यालेन्डर अस्तव्यस्त, विद्यार्थीको भविष्यमाथि चिन्ता

विराटनगर। सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था स...

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending