Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

स्याङ्जाको दुवै क्षेत्रमा १२–१२ जना उम्मेदवार प्रतिस्पर्धामा, पुराना दललाई नयाँको चुनौती

खबरडबली संवाददाता

स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित दुवै क्षेत्रमा १२–१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले “कांग्रेस खोज्न स्याङ्जा जानुपर्छ” भनेको जिल्ला स्याङ्जा नै हो। २०४८ सालमा चार निर्वाचन क्षेत्र रहेको स्याङ्जामा त्यसपछि २०६४ सम्म तीन र त्यसयता दुई निर्वाचन क्षेत्र कायम छन्। यहाँ कांग्रेस र एमाले बाहेक अन्य दलले सङ्घीय सांसद जित्न नसकेको इतिहास छ।

२०४८ सालको आम निर्वाचनमा कांग्रेसबाट चारै क्षेत्रमा गोपालमान श्रेष्ठ (क्षेत्र नं. १०, रुद्रमान गुरुङ (२), दिनबन्धु अर्याल (३) र शङ्कर पाण्डे (४) निर्वाचित भएको थिए। मध्यावधि निर्वाचन २०५१ मा भने तीनै क्षेत्रमा नेकपा एमालेका त्रिलोचन ढकाल (१), धुव्रराज लम्साल 9२) र महेन्द्र थापा (३) विजयी भएको थिए।

२०५६ सालको आम निर्वाचनमा क्षेत्र नं. १ मा एमालेका हितकाजी गुरुङ विजयी हुँदा क्षेत्र नं। २ मा कांग्रेसका गोपालमान श्रेष्ठ र क्षेत्र नं. ३ मा कांग्रेसकै शङ्कर पाण्डे विजयी भएको थिए। संविधानसभा निर्वाचन २०६४ मा एमालेका हितकाजी गुरुङ (१), गोपालमान श्रेष्ठ (२) र मोहन पाण्डे (३) निर्वाचित भएको थियो। त्यसैगरी २०७० सालमा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा, क्षेत्र नं. २ मा कांग्रेसका कमल पङ्गेनी र क्षेत्र नं. ३ मा एमालेका मुक्ति पाठक विजयी भएको थिए।

सङ्घीय निर्वाचन २०७४ मा क्षेत्र नं. १ मा एमालेका नारायण मरासिनी र क्षेत्र नं. २ मा एमालेकै पद्माकुमारी अर्याल विजयी भएको थिए। २०७९ को निर्वाचनमा भने क्षेत्र नं.१ मा कांग्रेसका राजु थापा र क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित भएको थिए।

संघ मात्र होइन, प्रदेश र स्थानीय तहका निर्वाचनमा समेत कांग्रेस र एमालेकै प्रभाव रहेको स्याङ्जामा यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कडा चुनौती प्रस्तुत गरेका छन्।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसका भरतराज ढकाल र नेकपा एमालेका मीनप्रसाद गुरुङलाई रास्वपाका डा. धनञ्जय रेग्मी र नेकपाका शैलेन्द्र रेग्मीले चुनौती दिएका छन्। त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका भगवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापाविरुद्ध रास्वपाका झविलाल डुम्रे र नेकपाका पदम विक प्रतिस्पर्धामा छन्।

निर्वाचनमा दुवै क्षेत्रमा प्रमुख चार दलले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले विगतझैँ यस पटक पनि जित कायम रहने बताएका छन् भने नेकपा र रास्वपाका नेताहरूले दुई दलको एकछत्र प्रभाव तोडिने दाबी गरेका छन्।

रास्वपाका अध्यक्ष विश्वास भण्डारीले विगत ३० वर्षमा जनताले चाहेको परिवर्तन नपाएकाले यस पटक वास्तविक परिवर्तनका लागि आफ्नो पार्टीले जित्ने दाबी गरे। पछिल्लो जनलहर नै त्यसको आधार भएको र कसैले जित रोक्न नसक्ने उनको भनाइ छ।

त्यस्तै, नेकपाका अध्यक्ष लोकेन्द्र थापाले पनि आफ्ना उम्मेदवार विजयी हुने दाबी गर्नुभयो। जिल्लामा सङ्गठन कमजोर भए पनि सरकारमा रहँदा राम्रो काम गरेको र पछिल्लो समय विभिन्न दलसँग एकता भएकाले आफूहरू विजयी हुने उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...

मतदानपछि बालेन शाह हेलिकप्टरमार्फत झापा जाँदै

काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...

ओखलढुंगामा मतदान केन्द्र नौ बजेसम्म सुनसान

ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...

उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो

काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE