संयुक्त राष्ट्रसंघ। गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीलाई दुव्र्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
यसैबिच, सर्वसाधारणलाई लक्षित गर्दै भइरहेका इजरायली आक्रमणका कारण मानवीय अवस्था झन् जटिल बन्दै गएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाका सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा हवाई आक्रमण र गोलाबारी निरन्तर भइरहेको छ, जसका कारण मानवीय क्षति र भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ ।
कार्यालयले बिहीबार इजरायली सेनाले शरणार्थीका लागि स्थापित विद्यालय समूह अन्तर्गत अन्तिम बाँकी रहेको एक विद्यालय पनि ध्वस्त पारेको जनाएको छ । यससँगै सो क्षेत्रका सबै विद्यालय पूर्ण रूपमा नष्ट भएका छन् । संयुक्त राष्ट्रसंघले सर्वसाधारण तथा सर्वसाधारण संरचनाको सधैँ संरक्षण हुनुपर्ने र तिनलाई कहिल्यै पनि सैन्य गतिविधिका लागि प्रयोग वा लक्षित गर्न नहुने स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्र संघको विकास कार्यक्रमले बिहीबार इजरायली जाँच चौकीबाट २१ जना फर्किएका व्यक्तिलाई खान युनिसस्थित नासेर अस्पताल पुर्याएको जनाएको छ । सोमबारदेखि हालसम्म ९८ जना फर्किएका व्यक्तिलाई त्यहाँ स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले फर्किएका प्यालेस्टिनीमाथि दुव्र्यवहार, अपमान र हिंसाको क्रम देखिएको भन्दै चेतावनी दिएको छ ।
कार्यालयका अनुसार केही सशस्त्र प्यालेस्टिनी समूहले इजरायली सेनाको समर्थनमा फर्किनेलाई हातकडी लगाउने, आँखामा पट्टी बाँध्ने, धम्की दिने, शरीर जाँच गर्ने तथा पैसा र निजी सामान लुट्ने गरेका छन् । मानव अधिकार कार्यालयले फर्किने क्रममा इजरायली जाँच चौकीमा हिंसा, अपमानजनक सोधपुछ तथा शारीरिक मर्यादा उल्लङ्घन हुने किसिमका जाँच गरिएको विवरण प्राप्त भएको जनाएको छ ।
यी सबै गतिविधिले प्यालेस्टिनीको व्यक्तिगत सुरक्षा, मानवीय मर्यादा तथा यातना र अमानवीय व्यवहारबाट मुक्त रहने अधिकारको गम्भीर उल्लङ्घन गरेको कार्यालयको निष्कर्ष छ । मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाभित्र मानवीय सहायता पुर्याउन अझै पनि इजरायली अधिकारीसँग समन्वय गर्नुपर्ने अवस्था कायम छ । बिहीबार र शुक्रबार समन्वयका लागि प्रस्ताव गरिएका ११ वटा मानवीय अभियान मध्ये ६ वटा मात्र पूर्ण रूपमा सम्पन्न भएका थिए ।
बाँकी मध्ये केही अभियान लामो समयसम्म रोकिएपछि आंशिक रूपमा मात्र सफल भएका थिए । ती अभियानमा खानेपानी तथा सरसफाइ सामग्री सङ्कलन, इन्धन आपूर्ति, चिकित्सकीय उद्धार, राफाह नाका हुँदै आवतजावत तथा बिरामीलाई नासेर अस्पतालसम्म पुर्याउने कार्य समावेश थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...
बैशाख ३ गते, २०८३ - १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...
बैशाख ३ गते, २०८३ - १४:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...
बैशाख ३ गते, २०८३ - १४:३४
काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...
बैशाख ३ गते, २०८३ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...
बैशाख ३ गते, २०८३ - १३:५७
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिहरूका लागि उम्मेदवारको नाम टुंग्याएको छ...
बैशाख ३ गते, २०८३ - १३:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकहरू टुंग्याएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य ...


प्रतिकृया लेख्नुहोस्: