रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू’ बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमलाई कारण देखाएको हो। सूचना अनुसार, मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनापछि अर्को सूचना नआएसम्म उक्त रुटमा बस नचलाइने उल्लेख छ।
गत मंगलबार मन्थली क्षेत्रमा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो, सात जना घाइते भएका थिए भने तीन जना अझै हराइरहेको जनाइएको छ। घटनापछि पीडित पक्षसँग औपचारिक छलफलसमेत नभएको अवस्थामा सेवा स्थगित गरिएको भन्दै स्थानीयस्तरमा प्रश्न पनि उठेका छन्।
कम्पनीको सूचनामा काठमाडौँ–खुर्कोट–मन्थली मार्ग प्रयोग गर्ने सम्पूर्ण ‘क्यू’ बसहरू “सुरक्षा जोखिम” का कारण रोकिएको र सम्बन्धित व्यवसायी, मजदुर तथा कर्मचारीलाई जानकारी गराइएको उल्लेख छ।
दुर्घटनाको असर अब यात्रु आवागमनमै देखिएको छ । यो मार्ग प्रयोग गर्ने यात्रुहरू वैकल्पिक साधन खोज्न बाध्य भएका छन्, जबकि सेवा पुनः सुचारु हुने समयबारे कम्पनीले केही खुलाएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: