रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पूर्व पुगेको बताएका छन् । ३०औँ ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिका स्थित खाबाङबगरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको संघर्षमा रुकुम पूर्वले गरेको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै रुकुमेलीप्रति आभार प्रकट गर्न यसपटक यहीँबाट उम्मेदवार बनेको बताए।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालले शान्ति सम्झौतापछि पहिलोपटक ‘जनयुद्ध’ दिवस मनाउन रुकुम आएकोमा खुसी व्यक्त गरे। उनले भने, “रुकुम पूर्व क्रान्तिको उद्गम भूमि मात्र होइन, शान्ति प्रक्रियाको ऐतिहासिक निर्णय गर्ने थलो पनि हो। यही भूमिबाट पहिलोपटक क्रान्तिको उद्घोष गरिएको थियो र यहीँको चुनबाङबाट गणतन्त्रमा जाने निर्णय गरिएको हो। त्यसैले यो जिल्ला इतिहास निर्माण गर्ने थलो हो।”
यस अवसरमा रुकुम आउन पाएकोमा आफू केही भावुक र धेरै जिम्मेवार तथा गौरवान्वित भएको बताउँदै उनले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफ्नो पार्टीले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
दाहालले आगामी पाँच वर्षका लागि आफ्नो पार्टीले सरकार सञ्चालन गर्ने अवसर पाए देशलाई विकासको मार्गमा दृढतापूर्वक अघि बढाइनेसमेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: