मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बिजय गौतम उम्मेदवार रहेको मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली (माझी गाउँ) मा राजनीतिक तरंग पैदा भएको छ । पुरै माझी गाउँका स्थानीय एकैसाथ नेकपामा प्रवेश गर्दै “आफ्नै गाउँका युवा उम्मेदवार बिजय गौतमलाई जिताउने” सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्का र “राजनीतिक भूकम्प” का रूपमा हेरिएको छ । यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको राजनीतिक वृत्तमा चर्चा छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले भावुक तर दृढ स्वरमा भने,“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु ।”
उनले विदेशिन बाध्य पुस्ताको पीडातर्फ संकेत गर्दै भने, “हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो। व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्छ।”
गौतमले शिक्षा, रोजगारी, ढल शौचालय, खेलमैदान, बाढी पहिरो नियन्त्रणजस्ता विषयलाई स्थानीय आवश्यकतासँग जोडेर केन्द्रसम्म पुर्याउने ‘भरिया’ बनेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट समेत करिब सयको संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। सहभागीहरूले “यो प्रवेश केवल पार्टी परिवर्तन होइन, आफ्नै गाउँको भविष्य बदल्ने निर्णय हो” भन्दै उम्मेदवार गौतमलाई जिताउने संकल्प दोहोर्याए।
कार्यक्रममा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम् बागमती गाउ पालिका अध्यक्ष सर्केश घलान, नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मि माझी, जिवन गोले, लोकनाथ गौतम, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, ध्रुव अधिकारी बकैया गाउपालिका अध्यक्ष बिमल नेपाल, थ्ऋी मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङ लगायतका नेताहरुले यो घटनाले मकवानपुरको राजनीतिक समीकरण नै बदलिने दाबी गर्दै जुरेली माझी गाउँको यो निर्णय परिवर्तनको स्पष्ट सन्देश भएको बताए ।
राजनीतिक विश्लेषकहरूका अनुसार, गाउँ नै संगठित रूपमा गरिएको यो प्रवेशले उम्मेदवार गौतमको जितलाई निर्णायक रूपमा मजबुत बनाएको छ। स्थानीय जनताको खुलेको समर्थनले चुनावी मैदानमा नयाँ लहर सिर्जना गरेको देखिन्छ । कार्यक्रमको अध्यक्षता स्थानिय सुरेश परियारले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: