Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

खबरडबली संवाददाता

मनाङ । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेण्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा छन् । 

निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस (नेका), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मंगोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ । यी प्रतिस्पर्धी दलले मुख्य एजेण्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तन अघि सारेका छन् । 

मुख्य त मनाङको पर्यटन क्षेत्र आयस्रोत हो भने पूर्वाधार विकास बिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको नेपाली काँग्रेस प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङ बताउछन् । उनी भन्छन्, “मनाङ विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थलमार्गको पहुँच महत्त्वपूर्ण हुन्छ । अझैसम्म पनि सहज बनाउन सकिएको छैन । त्यसैले यही विषयलाई प्राथमिकता दिएको छु ।”

मुख्य आयस्रोतको रूपमा रहेको पर्यटन व्यवसायको प्रवर्द्धन र पर्यटक आउने पहुँचमार्ग सहज बनाउनु आवश्यक रहेको उनी बताउछन्। “देशैभरमा सबैभन्दा पछि सडक पहुँच पुग्ने जिल्लामा मनाङ पर्छ तर, हालसम्म पनि नार्पाभूमि स्थलमार्गको पहुँचमा छैन”, उम्मेदवार गुरुङ भन्छन्, “यस क्षेत्रलाई सडक सञ्जालले जोड्न सकिएमा अझ पर्यटक बढ्छ । यसले मनाङको आयस्रोत नै बढ्ने हो ।” यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको छ । 

देशकै आयस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना बनाएको उम्मेदवार गुरुङ बताउछन् । यहाँको तालतलैयामध्ये तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने स्थान हो । तर, विश्वको पर्यटकलाई तानेपनि अझै धार्मिक पर्यटनका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको उनी बताउछन् । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको प्रभाव पर्ने भएकाले समाधान गर्ने एजेण्डा अघि बढाएको उनको भनाइ छ । “यसको असरको समाधानका लागि स्थानीयलाई सचेत गराउँदै संसद्बाट उजागर गर्न आवश्यक छ”, उनी भन्छन्, “यहाँको प्राकृतिक सौन्दर्यतालाई यसको असरबाट जोगाउने लक्ष्यका साथ एजेण्डा निर्धारण गरिएको हो ।” 

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यशोदा सुवेदी गुरुङ पर्यटन मनाङको मुख्य आयस्तर हो यसको प्रवर्द्धन गर्ने बताउछन् । “प्रकृति, संस्कृति र साहसिक पर्यटनको विश्वस्तरको पहिचान हो”, उनी भन्छन्, “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको छ ।” 

सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको उम्मेदवार गुरुङ बताउछन् । “यहाँको तिलिचो ताल, आइसलेकलगायतका तालतलैयाको प्रवर्द्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य छ”, उनी भन्छन्, “यसले नै मनाङ समृद्ध बन्छ ।”

यस निर्वाचनमा मनाङमा पुराना दलबीच नै प्रतिस्पर्धा हुने भएको छ । मनाङमा नेपाली काँग्रेस र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा कूल मत ६ हजार ७७९ मतदाता रहेकामा चार हजार ८२७ मत खसेको थियो । काँग्रेसका टेकबहादुरले दुई हजार ५७५ मत ल्याएका थिए। एमालेका पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याएका छन्। समानुपातिकतर्फ काँग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत प्राप्त गरेको थियो । 

मनाङमा यसपाली महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । उनीहरूले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

गत निर्वाचनमा भएको प्रतिस्पर्धाभन्दा यस पटकको निर्वाचन भिन्न देखिएको छ । नेकपा एमाले र राप्रपाले काँग्रेसलाई समर्थन गरेको छ । मुख्य प्रतिस्पर्धीको रूपमा यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी रहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending