Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आगजनी र कुशासन गर्ने शक्तिहरू पराजित हुन्छन्ः प्रचण्ड

खबरडबली संवाददाता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्।

रुकुम पूर्वको चुनबाङमा शनिबार आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै बङ्गलादेशमा सम्पन्न निर्वाचन परिणामको सन्दर्भ उल्लेख गर्दै हिंसा र अस्थिरताको राजनीतिले अन्ततः पराजय भोग्ने दाबी गरे।

“सिंहदरबार जल्यो, संसद् भवन जल्यो, सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले,” उनले भने, “अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तनका पक्षधरहरू जित्नेछन्।”

प्रचण्डले बङ्गलादेशको निर्वाचनबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए। “त्यहाँ पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते,” उनले भने, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्ति तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।”

संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसाको राजनीति गर्नेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको दाबी गरे। “तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,” उनले भने।

कार्यक्रममा उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष योजना अघि सार्ने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending