कालिकोट। कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कालिकोट यसपटक विशेष चासोको केन्द्र बनेको छ। कारण—माओवादी जनयुद्धकालका सहयात्री महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आमनेसामने उभिएका छन्।
झन्डै १८ वर्षपछि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न उत्रिएका प्रकाण्डले आफ्नै पूर्वसहकर्मी शाहीलाई मुख्य प्रतिस्पर्धीका रूपमा पाएका छन्। शाही भने चौथोपटक चुनावी मैदानमा छन् र कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
कालिकोटमा कांग्रेसबाट हर्षबहादुर बम, एमालेबाट नगीन्द्र शाही ‘नेसनल’ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश न्यौपाने उम्मेदवार छन्। तर चुनावी बहसको केन्द्र भने शाही–प्रकाण्ड द्वन्द्वमै सीमित देखिन्छ।
युद्धकालीन सहकार्यदेखि चुनावी प्रतिस्पर्धासम्म
युद्धकालमा प्रकाण्ड भेरी–कर्णाली क्षेत्रका प्रभावशाली नेता थिए भने शाही जनमुक्ति सेनाका कमाण्डरका रूपमा सक्रिय थिए। शान्ति प्रक्रियापछि प्रकाण्ड संसदीय राजनीतिमा प्रवेश गरे र मन्त्रीसमेत बने। पछि मूलधार छाडेर विद्रोही धार समाते।
उता शाही भने मूल माओवादी धारमै रहेर संगठन विस्तार गरे। २०७० को संविधानसभा निर्वाचन जिते, ऊर्जा मन्त्री बने र २०७४ पछि कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत भए। नेकपा विभाजनताका उनले राजनीतिक चातुर्य देखाउँदै पद जोगाएका थिए।
आरोप–प्रत्यारोप र विकासको बहस
चुनावी अभियान सुरु भएसँगै दुवै नेताबीच सार्वजनिक आरोप–प्रत्यारोप चर्किएको छ। प्रकाण्डले कर्णाली कोरिडोर, खुलालु पुल र कोटबाड विमानस्थलजस्ता आयोजनाको श्रेय आफूलाई दिएको दाबी गरेका छन्।
शाहीले भने ती आयोजनाको शिलान्यास र बजेट व्यवस्थापन आफ्नो पहलमा भएको दाबी गर्दै प्रतिवाद गरेका छन्। उनले आफू मन्त्री र मुख्यमन्त्री हुँदा जिल्लामा सडक, विद्युत् र अन्य पूर्वाधारमा उल्लेख्य काम भएको जिकिर गर्छन्।
प्रकाण्ड पक्ष भने शाहीले पटक–पटक जिते पनि कालिकोटले अपेक्षित विकास नपाएको आरोप लगाइरहेको छ।
गणित र सम्भावित समीकरण
कालिकोटमा करिब ८४ हजार मतदाता छन्। २०७९ को निर्वाचनमा शाहीले २३ हजारभन्दा बढी मत ल्याएर विजय हासिल गरेका थिए। तर यसपटक प्रकाण्ड मैदानमा आएपछि माओवादी मत विभाजन हुनसक्ने आकलन गरिएको छ।
दलित समुदायको निर्णायक मत, आन्तरिक असन्तुष्टि र अन्य दलको रणनीतिले परिणाममा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ।
पूर्वसहकर्मीबीचको यो प्रतिष्ठाको लडाइँले कांग्रेस र एमाले उम्मेदवारलाई फाइदा पुग्ने सम्भावनासमेत देखिएको छ। अब प्रश्न उब्जिएको छ कालिकोटले निरन्तरता रोज्छ कि परिवर्तन ? शाहीको अनुभव जित्ने कि प्रकाण्डको चुनौती रु नतिजाले मात्र यसको उत्तर दिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: