Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

झापा ५ मा ओली र बालेन साहको एकसाथ घरदैलोमा

खबरडबली संवाददाता

दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गरेको छन् । 

सोमबार विहानैदेखि ओली र साह दुबैजना निर्वाचन केन्द्रित कार्यक्रममा ब्यस्त रहनु भएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरुमा मतदातासँग र साह सुकुम्बासी तथा भित्रि गाउँहरुमा रहेको छन् । एकैसाथ एउटै नगरमा उनीहरुको घरदैलो आजबाट सुरु भएको हो । 

आज १० भन्दा बढी स्थानहरुमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरु तय गरेर सोहीअनुसार निर्वाचन प्रचारप्रसार सुरु गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक ईन्द्र भण्डारीले जानकारी दिए।

रास्वपाका नेता भेषराज भट्टराईका अनुसार साह सोमबार विहानैदेखि घरदैलोमा पुगेर मतदाताका कुरा सुनिरहेको छ । स्थानीयहरुले उम्मेदवारहरुसँग धनीपुर्जा लगायतका समस्याहरु राख्ने गरेका छन् ।

नेपाली काँग्रेसकी नेतृ मन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरु पनि घरदैलोमा रहेको छन् । ओली र साहको चर्चाले अन्य उम्मेदवारहरु ओझेलमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका ला...

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति, नेपाली कामदार जान पाउने

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...

गुडिरहेको बसमा आगलागी, ४० यात्रुको सकुशल उद्धार

स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, यी हुन् मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending