Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निर्वाचन तयारीमै विवाद: झापामा मतदान अधिकृत खटाइमा विभेदको आरोप

खबरडबली संवाददाता

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभेदपूर्ण रूपमा जिम्मेवारी बाँडफाँट गरिएको गुनासो उठेपछि निर्वाचन तयारीमा असन्तुष्टि देखिएको हो।

फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले मतदान केन्द्रमा खटिने कर्मचारी तथा शिक्षकको नामावली तयार गरी क्षेत्रगत निर्वाचन अधिकृत कार्यालयहरूमा पठाइसकेको छ। तर, सूचि तयार पार्ने क्रममा संघीय र प्रदेश निजामती सेवा ऐनबीचको अस्पष्टताले समस्या निम्त्याएको कर्मचारी संगठनहरूको आरोप छ।

प्रदेश निजामती सेवा ऐनअनुसार श्रेणी निर्धारण भइसकेकाले प्रदेशतर्फ कार्यरत सुब्बा तहका कर्मचारी छैटौँ श्रेणीमा गणना भएका छन्। तर संघीय निजामती सेवा ऐन जारी नभएकाले संघीयतर्फका सुब्बा तहका कर्मचारीको श्रेणी स्पष्ट छैन। यही कारण संघीयतर्फ लामो समयदेखि कार्यरत सिनियर कर्मचारीलाई सहायक मतदान अधिकृतमा राखेर प्रदेशका जुनियर कर्मचारीलाई मतदान अधिकृत बनाइएको भन्दै असन्तुष्टि बढेको छ।

नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष हिरण्य न्यौपानेका अनुसार सेवा अवधि र अनुभवलाई बेवास्ता गरी जिम्मेवारी तोक्दा विभेद भएको महसुस गरिएको छ। अन्य ट्रेड युनियनहरूले पनि नामावली सार्वजनिक भएपछि गुनासो थप बढ्न सक्ने संकेत गरेका छन्।

निर्वाचन आयोगको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशन, २०८२’ अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउँदा कर्मचारीको श्रेणी, तह र कार्यक्षेत्र स्पष्ट आधार हुनुपर्ने व्यवस्था छ। साथै, कर्मचारीलाई आफ्नै घर ठेगाना वा कार्यरत वडाभित्र नपर्ने गरी खटाउने नियम छ।

तर झापामा क्षेत्र नै परिवर्तन गरी खटाइएको भन्दै असन्तुष्टि बढेको छ। क्षेत्र नम्बर ३ का कर्मचारीलाई ५ मा र ५ का कर्मचारीलाई ३ मा खटाइएपछि व्यावहारिक समस्या समेत देखिएको गुनासो छ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार संघीय ऐन नआउँदा उत्पन्न समस्या समाधानका लागि निर्वाचन अधिकृतहरूसँग छलफल भइसकेको छ। सिनियर कर्मचारीलाई जुनियरभन्दा तल राखिएको अवस्थामा सम्बन्धित कार्यालयमा निवेदन दिई समायोजन गर्न सकिने उनले बताएका छन्।

झापामा २८५ मतदान स्थल र ८१५ मतदान केन्द्र छन्। ती केन्द्रमा १,६३० मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइँदैछन्। निर्वाचन नजिकिँदै जाँदा प्रशासनले विवाद टुंग्याएर सहमतिको आधारमा जनशक्ति व्यवस्थापन गर्ने चुनौती सामना गरिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending