मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ ।
यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी ७८ जना कर्मचारी खटाइने तयारी भइरहेको छ । निर्वाचनका लागि एक मतदान स्थलमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत पौडेलले बताए ।
घोषित प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा खटाइने कर्मचारीहरु पहिलोे प्राथमिकतामा सङ्घीय कार्यालय, दोस्रो प्राथमिकतामा प्रादेशिक कार्यालय र तेस्रो प्राथमिकतामा स्थानीय तहका कर्मचारीलाई समावेश गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार मुस्ताङको अस्थायी मतदानस्थलका लागि पनि थप मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी छ जना कर्मचारी खटाइने बताएको छ ।
यसैगरी हिमाली जिल्ला मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलको सङ्ख्या आठ वटा र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलको सङ्ख्या ३१ वटा रहेको जनाइएको छ । यसका अलवा थप एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारा शाखामा कायम गरिएको छ ।
निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा ८६ स्वयंसेविक परिचालित हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा तीन जना स्वयंसेविक र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलमा दुई जना स्वयंसेविक राख्न पाउने व्यवस्था मिलाइएको छ । निर्वाचनमा खटाइने स्वंयसेवकहरु सम्बन्धित मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सिफारिसमा नियुक्ति गरिने जनाईएको छ ।
यसैगरी जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग र खाद्यसंस्थान गरी ९५ प्रतिशत निर्वाचन सामग्री उपलब्ध भइसकेको जनाएको छ । मतपेटिका बाकस कार्यालयमै रहेको मतपत्र ढुवानी हेलिकप्टर मार्फत उपलब्ध हुने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: