Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘नयाँ’को नारा, पुरानै अनुहार : कर्णालीमा पूर्वसहकर्मीसँगै भिड्दै रास्वपाका उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुराना दलले देश विकास गर्न नसकेको तर्क गर्दै नयाँ शक्तिलाई अवसर दिनुपर्ने दाबी गरिरहेको रास्वपाको कर्णाली सूची हेर्दा भने अधिकांश उम्मेदवार पुरानै राजनीतिक पृष्ठभूमिबाट आएका छन्।

सुर्खेतमा कांग्रेस पृष्ठभूमि

सुर्खेत–१ बाट उम्मेदवार बनेका टेकबहादुर सिंह लामो समय नेपाली कांग्रेस मा सक्रिय थिए। जिल्ला उपसभापतिसमेत भइसकेका उनी २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार थिए।

सुर्खेत–२ का उम्मेदवार रमेशकुमार सापकोटा पनि पूर्वकांग्रेस नेता हुन्। वीरेन्द्रनगर नगर समितिको सचिवसमेत रहेका सापकोटा यातायात व्यवसायीका रूपमा परिचित छन्। एमालेबाट राजनीति सुरु गरेर कांग्रेस हुँदै अहिले रास्वपामा पुगेका उनी हाल जिल्ला सभापति छन्।

दैलेखमा एमाले–माओवादी पृष्ठभूमि

दैलेख–१ मा उम्मेदवार बनेका नन्दकिशोर बस्नेत पूर्व नेकपा (एमाले) नेता हुन्। पार्टीभित्र टिकट विवादपछि असन्तुष्ट बनेका बस्नेत रास्वपामा प्रवेश गरेर अहिले आफ्नै पूर्वसहकर्मीविरुद्ध मैदानमा छन्।

बस्नेतले एमाले नेतृत्वको सरकारका बेला नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मा अध्यक्ष र महाप्रबन्धकजस्ता जिम्मेवारी सम्हालेका थिए। उनी एमालेको जिल्ला र प्रदेश संरचनामा पनि सक्रिय थिए।

दैलेख–२ का उम्मेदवार बखतबहादुर शाही पूर्व नेकपा (माओवादी केन्द्र) निकट मानिन्छन्। उनी माओवादी नेतृत्वको प्रभावमा विभिन्न जिम्मेवारीमा रहेकाले अहिले रास्वपाबाट उम्मेदवार बनेका छन्।

‘नयाँ’ बनाम ‘अनुभव’ बहस

कर्णालीका अन्य जिल्लामा पनि रास्वपाका धेरै उम्मेदवार कांग्रेस, एमाले र माओवादी पृष्ठभूमिबाट आएका छन्। लामो समय ती दलमा अवसर र जिम्मेवारी लिएका नेताहरू अहिले रास्वपाको झन्डामुनि उभिएर आफूलाई ‘नयाँ विकल्प’का रूपमा प्रस्तुत गरिरहेका छन्।

यसले कर्णालीमा एउटा रोचक बहस जन्माएको छ—के नयाँ पार्टीको टिकटले मात्र उम्मेदवार ‘नयाँ’ हुन्छन्? वा राजनीतिक अनुभवसहितको अनुहारलाई पनि नयाँ विकल्प मान्न सकिन्छ?

आगामी निर्वाचनमा मतदाताले नाराभन्दा पृष्ठभूमि हेर्छन् कि परिवर्तनको आशामा नयाँ झन्डालाई विश्वास गर्छन् भन्ने प्रश्नले कर्णालीको चुनावी समीकरणलाई थप चासोको विषय बनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending