Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

खुलामञ्च अब वडा २७ को जिम्मामा : व्यवस्थापनमा कडाइ, दुरुपयोगमा रोक

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब खुलामञ्चको सम्पूर्ण प्रयोग, अनुमति र व्यवस्थापनको जिम्मेवारी वडा नम्बर २७ लाई दिने निर्णय गरेको हो।

यसअघि प्रशासन विभाग र महानगर प्रहरीको समन्वयमा सञ्चालन हुँदै आएको मञ्च अब प्रत्यक्ष रूपमा स्थानीय वडाको मातहतमा रहनेछ। बैठकमा महानगरका प्रवक्ता नवीन मानन्धर र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमेत उपस्थित थिए।

अनुमति अब वडाबाटै

अब खुलामञ्चमा कुनै पनि कार्यक्रम गर्नुअघि आयोजकले वडा २७ बाट अनुमति लिनुपर्नेछ। अनुमति दिँदा निश्चित सर्त र मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। यससँगै मञ्चको दैनिक रेखदेख तथा व्यवस्थापन वडास्तरबाटै हुने भएको छ।

२५ हजार धरौटी र सिफ्ट प्रणाली

कार्यक्रम गर्न चाहने संघसंस्था वा राजनीतिक दलले २५ हजार रुपैयाँ धरौटी अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ। समयलाई दुई सिफ्टमा विभाजन गरिएको  छ ।  बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म एक  सिफ्ट र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म अर्काे सिफ्ट ।

प्रत्येक सिफ्टका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । कार्यक्रममा भौतिक क्षति भएमा धरौटीबाट कट्टा गरिनेछ, नपुगे थप असुल गरिने महानगरको नीति छ।

विज्ञापन, पार्किङ र व्यापारमा पूर्ण रोक

खुलामञ्चको मौलिकता जोगाउन कडा बन्देज लगाइएको छ। आयोजकले आफ्नो परिचयबाहेक अन्य कुनै विज्ञापन सामग्री राख्न पाउने छैनन्। टिकट बिक्री गरेर गरिने व्यावसायिक कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ।

मञ्चभित्र सवारी साधन लैजान, पार्किङ गर्न, खाल्डो खन्न, हरियाली नास गर्न पूर्ण प्रतिबन्ध छ। धुम्रपान र मदिराजन्य पदार्थको बिक्री तथा सेवनसमेत निषेध गरिएको छ। उल्लंघन गरे आर्थिक ऐनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।

वातावरणमैत्री संरचना र पूर्वाधार

करिब २३ हजार वर्गमिटर क्षेत्रमा फैलिएको खुलामञ्च वरिपरि चार मिटर चौडा पैदलमार्ग निर्माण गरिएको छ। पुराना हेक्जागोनल ब्लक पुनः प्रयोग गरिएको छ। २१ वटा आधुनिक बत्ती जडान गरिएका छन्, जसमा डे–नाइट सेन्सर प्रणाली रहेको छ।

पानी जम्न नदिन ग्रेडिङ र लेभलिङ गरिएको छ भने वर्षाको पानी पुनर्भरणका लागि ६ वटा रिचार्ज पिट निर्माण गरिएको छ।

आन्दोलनको साक्षी खुलामञ्च

खुलामञ्च नेपाली राजनीतिक इतिहासको साक्षी स्थल हो। २०३६ सालको जनमत संग्रहको सन्दर्भमा बीपी कोइराला ले यहीँ विशाल सभालाई सम्बोधन गरेका थिए।

२०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले यहीँबाट नागरिकलाई सम्बोधन गरेका थिए। २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि यो स्थल निर्णायक बन्यो।

तर पछिल्लो दशक खुलामञ्चका लागि कष्टकर रह्यो। अस्थायी बसपार्क, निर्माण सामग्री भण्डारण र व्यावसायिक सटर निर्माणले यसको ऐतिहासिक स्वरूपमा धक्का पुगेको थियो।

अब महानगरको नयाँ निर्णयसँगै खुलामञ्च पुनः आफ्नो मूल पहिचानमा फर्किने अपेक्षा गरिएको छ । एक खुला, स्वच्छ र ऐतिहासिक जनमञ्चका रूपमा।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending