Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेतृत्वमै समस्या देखेपछि पार्टी छाडें : ममता शर्मा

खबरडबली संवाददाता

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र नारामा विचलन आएको आरोप लगाएकी छन्।

नेपाली कांग्रेसले जनकपुरधामको तिरुहुतियामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले कुनै पनि राजनीतिक दलको दिशा र विश्वसनीयता त्यसको नेतृत्वसँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्।

उनले भनिन्, “कुनै पार्टीको नीति गलत नेतृत्वका कारण सुदृढ पनि हुन सक्छ, कमजोर पनि। अहिले रास्वपामा त्यही समस्या देखिएको छ।”

‘नारा र व्यवहारमा अन्तर’

शर्माका अनुसार रास्वपाले प्रारम्भमा अघि सारेको ‘जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको’ भन्ने नारा अहिले व्यवहारमा प्रतिबिम्बित हुन सकेको छैन।

“सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर देखिन थालेपछि मूल उद्देश्य नै ओझेलमा पर्छ,” उनले आरोप लगाइन्। पार्टीको आरम्भिक ऊर्जा र प्रतिबद्धता क्रमशः कमजोर हुँदै गएको उनको दाबी थियो।

कांग्रेसप्रति आशा

कार्यक्रममा उनले नेपाली कांग्रेस ले नेतृत्व परिवर्तनपछि नयाँ ऊर्जा प्राप्त गरेको दाबी गरिन्। विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि कांग्रेसले नयाँ सोच र स्पष्ट दिशासहित अघि बढ्ने आधार तयार गरेको उनको भनाइ थियो।

“आज कांग्रेस नयाँ संकल्पका साथ अगाडि बढिरहेको छ, तर रास्वपा भने पुरानै शैलीतर्फ फर्किएको जस्तो देखिन्छ,” उनले टिप्पणी गरिन्।

शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको र पार्टी कार्यालय जलाइएको जस्ता घटनापछि नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै त्यस विषयमा आवाज उठाउने थापाको साहस प्रशंसनीय रहेको उल्लेख गरिन्।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending