Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

खबरडबली संवाददाता

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “एक थान सांसद म जहाँबाट पनि जित्छु। नेपालमा जहाँ गएर पनि चुनाव जित्ने नेता म मात्रै हो।”

प्रचण्ड यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। यसअघि २०७९ सालको निर्वाचनमा उनी गोरखा–२ बाट विजयी भएका थिए। तर यसपटक गोरखा नदोहो¥याई रुकुम पूर्व रोजेपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। केहीले यसलाई रणनीतिक निर्णय भनेका छन् भने केहीले सुरक्षित क्षेत्रको खोजीका रूपमा व्याख्या गरेका छन्।

प्रचण्डको चुनावी यात्रा हेर्दा उनी विभिन्न भूगोलबाट प्रतिस्पर्धा गर्दै आएका नेता हुन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनले रोल्पा र काठमाडौं–१० दुवै क्षेत्रबाट जित हात पारेका थिए। २०७० मा काठमाडौं–१० र सिरहा–५ बाट उठ्दा काठमाडौंमा पराजित भए पनि सिरहाबाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने चितवन–३ बाट चुनाव जितेका थिए।

विभिन्न जिल्लाबाट चुनाव लड्ने र जित्ने अनुभवलाई उनले आफ्नो राष्ट्रिय स्वीकार्यताको प्रमाणका रूपमा प्रस्तुत गर्दै आएका छन्। रुकुम पूर्वको सभामा पनि उनले आफू कुनै एक क्षेत्रको मात्र नेता नभई राष्ट्रिय स्तरको प्रतिनिधि भएको दाबी दोहोर्‍याए।

तर चुनावी मैदानमा दाबी र वास्तविक मतपरिणामबीचको दूरी कति रहन्छ भन्ने प्रश्न यथावत् छ। रुकुम पूर्वका मतदाताले उनको आत्मविश्वासलाई कत्तिको अनुमोदन गर्छन् भन्ने कुराले मात्र यो दाबीको परीक्षण गर्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending