Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रसुवामा एमालेको आधार हल्लियोः पूर्वअध्यक्ष ढकालसहित करिब सय कार्यकर्ता कांग्रेसमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । रसुवामा नेकपा एमालेभित्र गहिरो धक्का लागेको छ। एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य जनार्दन ढकालले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले ढकालसहित झन्डै एक सय नेता–कार्यकर्तालाई एकैपटक पार्टी प्रवेश गराएका हुन्। एकै मञ्चबाट ठूलो संख्यामा नेताहरू कांग्रेसमा समाहित भएपछि रसुवाको राजनीतिक समीकरणमा नयाँ तरंग पैदा भएको छ।

ढकाल एमालेको जिल्ला नेतृत्व सम्हालिसकेका प्रभावशाली नेता हुन्। संविधानसभा सदस्यसमेत रहेका उनले लामो समय एमालेमा सक्रिय राजनीति गरेका थिए। उनको पार्टी त्यागलाई रसुवामा एमालेका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।

कार्यक्रममा एमालेका नेता तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर पनि कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस नेतृत्वले पछिल्लो समय विभिन्न दलका प्रभावशाली नेताहरूलाई भित्र्याउँदै संगठन विस्तारलाई तीव्रता दिएको सन्देश दिएको छ।

रसुवामा आगामी निर्वाचन नजिकिँदै जाँदा भएको यो प्रवेशलाई अर्थपूर्ण रूपमा लिइएको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको प्रतिस्पर्धालाई ध्यानमा राख्दै कांग्रेसले प्रभावशाली अनुहार भित्र्याउने रणनीति अघि बढाएको देखिन्छ।

यस घटनापछि रसुवाको राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण सुरु भएको विश्लेषण गरिएको छ। एमालेभित्र असन्तुष्टि बढिरहेको संकेतका रूपमा समेत यसलाई हेरिएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending