ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ। मुगु घर भएका मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी हुन्।
पीडितका अनुसार बालकुमारीस्थित एक होटलमा आफूलाई मल्लले जबर्जस्ती गरेको आरोप छ। जाहेरी दर्तामा प्रहरीले आनाकानी गरेको आरोप लगाउँदै पीडित पक्षले बिहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनसमेत गरेको थियो । तर जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उजुरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
उनले भने, “बिदाको कारण जाहेरीबारे बुझ्न र दर्ता गर्न केही समय लागेको हो, अहिले दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ।” प्रहरीका अनुसार पीडितले सुरुमा भ्रूणहत्यासम्बन्धी जाहेरी ल्याएकी थिइन्, पछि बलात्कारसम्बन्धी कसुरमा औपचारिक उजुरी दर्ता गराएकी हुन्। मल्ल मुगुको सोरु गाउँ कमिटी इन्चार्जसमेत रहेको बताइएको छ। पीडित महिला कालिकोटकी स्थानीय भएको जनाइएको छ।
पीडित पक्षले आरोपीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकरणले निर्वाचनको मुखमा राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: