काठमाडौँ । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र साह (बालेन) को नागरिकता विवरणबारे छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।
काठमाडौँ महानगरपालिका ३१ का युवराज सफलले गृह मन्त्रालयलाई निवेदन दिँदै साहले नागरिकताको विवरण परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन् । उनको निवेदन ५४२७ नम्बरमा दर्ता भएको हो ।
निवेदन अनुसार साहले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट १५१२ नम्बरको नागरिकता लिएका थिए । उक्त नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको बताइएको छ। तर पछि मेयर निर्वाचित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा घर ठेगानासम्बन्धी विवरण फरक देखिएको दाबी निवेदनमा गरिएको छ ।
उजुरीमा नागरिकताको विवरण परिवर्तन गरिएको हो वा होइन भन्नेबारे सम्बन्धित फाइल तथा कागजातको अध्ययन गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ। निवेदक सफलले नेपाल नागरिकता ऐन २०६३ को दफा १२ अनुसार झुटो विवरण पेश गरेर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द हुन सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन्।
त्यसैले सम्बन्धित कागजात झिकाएर छानबिन गर्न र आवश्यक कानूनी कारबाही अघि बढाउन गृह मन्त्रालय समक्ष अनुरोध गरिएको छ। निवेदनमा आवश्यक परे नागरिकता रद्द गर्न तथा कानूनअनुसार कारबाही गर्नसमेत माग गरिएको छ।
बालेनले स्थानीय तहको निर्वाचनमा महानगरको मेयर पदमा उम्मेदवारी दिँदा निर्वाचन आयोगमा भने उनको नाम वालेन्द्र साह ९बालेन० भनेर उल्लेख रहेको थियो । रास्वपा सभापति रवि लामिछानेको दोहोरो नागरिकता प्रकरण हुनु र बालेन पनि नागरिकताकै विवादमा पर्नुलाई संयोग वा के भनी सामाजिक सञ्जालमा चर्चासमेत भइरहेको छ ।
लामिछानेको दोहोरो नागरिकताकै कारण चितवन २ मा पुनः चुनाव हुनु परेको थियो । साथै उनको उपप्रधान तथा गृहमन्त्रीको पदसमेत गुमेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: