Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कानुन नबदली सडक बन्दैन, ठेकेदार झुन्ड्याएर समाधान हुँदैनः सभापति थापा

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थाापाले ठेकेदारलाई धम्क्याएर वा दण्डित गरेर मात्र सडक निर्माण समयमै सम्पन्न नहुने बताएका छन् । सर्लाही–४ गोडैतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्  ।

उनले सडक निर्माणमा देखिएको ढिलाइको मुख्य कारण कानुनी जटिलता भएको बतउँदै  भने “सडक समयमै बन्न कम्तीमा ४१ वटा कानुनले अवरोध सिर्जना गर्छन्, नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने प्रणाली परिवर्तन नगरेसम्म गुणस्तरीय र समयमै काम सम्पन्न हुन सक्दैन।”

उनका अनुसार हालको कानुनी व्यवस्थाअनुसार न्यूनतम लागतमा प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाउने भएकाले कामको गुणस्तर र समयसीमा प्रभावित भइरहेको छ। “वडा होस्, नगरपालिका होस् वा ठूला राष्ट्रिय आयोजना—जबसम्म कानुन सुधार हुँदैन, काम समयमै सकिँदैन,” उनले स्पष्ट पारे।

ऊर्जा र जलविद्युत् आयोजनाको उदाहरण दिँदै उनले एउटा प्रवर्द्धकले लाइसेन्स लिएपछि २७ वटा निकायको ढोका ढकढक्याउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। यस्तो जटिल प्रक्रियाले विकास निर्माणमा ढिलाइ र लागत वृद्धि हुने उनको भनाइ थियो।

यसैक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहप्रति संकेत गर्दै कठोर शैलीको आलोचना गरे। “काम नगर्ने ठेकेदारलाई रुखमा बाँधिदिन्छु, उल्टो झुन्डाइदिन्छु भन्ने कुरा सुनेका छौँ,” उनले भने, “तर त्यसरी सडक बन्दैन। कानुन सुधार नगरी विकास सम्भव छैन।”

सभापति थापाले विकास निर्माणको दीर्घकालीन समाधानका लागि कानुनी संरचना परिमार्जन र पारदर्शी ठेक्का प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending