हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने जाङ गाउँ यतिबेला पूरै रित्तो छ।
६४ घरधुरी रहेको जाङका अधिकांश घरमा ताल्चा झुन्डिएका छन्। कतिपय घरका झ्याल फुटेका छन्, कतिपय भवन जीर्ण बन्दै गएका छन्। दशकअघिदेखि रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्ने क्रम सुरु भएपछि जाङ बिस्तारै खाली हुँदै गयो। अहिले भने पूरै सुनसान बनेको छ। चुनाव नजिकिँदै जाँदा पनि सहर झरेका मतदाता फर्किने संकेत देखिँदैन।
लिमी उपत्यकामा पुग्ने बाटो नै अहिले मुख्य अवरोध बनेको छ। पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक क्षेत्रमा बाक्लो हिमपात भएपछि आवतजावत ठप्प छ। हिल्सा नाका हुँदै तिल, हल्जी र जाङ पुग्ने मार्ग पनि बन्द छ। चार हजार ४४९ मिटर उचाइको नारा लेकमा समेत हिउँ जमेर सडक अवरुद्ध भएको छ।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार नाम्खा क्षेत्रका अधिकांश मतदाता जिल्लाबाहिर छन्। हल्जीको सुनखानी आधारभूत विद्यालयमा २९३, जाङको भृकुटी आधारभूत विद्यालयमा २४७ र तिलगाउँको हिमशिखर आधारभूत विद्यालयमा १३२ मतदाता सूचीकृत छन्। यी तीन मतदान केन्द्रमा मात्रै ६७२ मतदाता भए पनि हाल करिब ३० प्रतिशत मात्रै गाउँमा उपस्थित छन्। बाँकी सिमकोट, नेपालगञ्जदेखि काठमाडौँसम्म फैलिएका छन्।
स्थानीय जनप्रतिनिधिले हिउँ पन्छाएर बाटो खुलाउने वा वैकल्पिक व्यवस्थाबारे पहल गरिदिन आग्रह गरे पनि ठोस सुनुवाइ नभएको गुनासो छ। चुनाव नजिकिए पनि सम्बन्धित निकायबाट चासो नदेखिएको उनीहरूको भनाइ छ।
चुनावी प्रचारप्रसार पनि यहाँ पुग्न सकेको छैन। जिल्लाका अन्य गाउँमा दलका उम्मेदवार घरदैलो र सभामा व्यस्त देखिए पनि लिमी उपत्यकामा भने कुनै दलको सक्रियता देखिँदैन। रास्वपाबाट उम्मेदवार रहेकी टासी ल्हाजोम स्वयं यही क्षेत्रकी बासिन्दा भए पनि हिमपातका कारण गाउँ पुग्न सकेकी छैनन्। उनले सडक खुलाउन सम्बन्धित निकायसँग आग्रह गरेको बताएकी छन्।
हिमालपारिको यो भूगोलमा अहिले चुनावभन्दा ठूलो विषय बाटो र बसोबास बनेको छ। मतदाता नभएको गाउँ, बन्द बाटो र रोकिएको प्रचारबीच लिमी उपत्यकाको चुनावी दृश्य देशका अन्य स्थानभन्दा बिलकुलै फरक देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: