Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणः ५० भन्दा बढीको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ भने महिला र बालबालिका अपहरणमा परेका छन् ।

अधिकारी र स्थानीय बासिन्दाका अनुसार बिहीबार राति सुरु भएको आक्रमण शुक्रबार बिहानसम्म जारी रह्यो । बुक्कुयुम क्षेत्रअन्तर्गत टुंगन डुत्से गाउँमा ठुलो संख्यामा मोटरसाइकलमा सवार सशस्त्र समूह पुगेका थिए । उनीहरूले घरहरूमा आगजनी गर्दै सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

बुक्कुयुम दक्षिणका सांसद हमिसु ए । फारुले आक्रमणकारीहरू एक गाउँबाट अर्को गाउँतर्फ सर्दै गएको र हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिएका छन् । अपहरणमा परेकाहरूको यकिन संख्या अझै स्पष्ट नभएको र हराइरहेका व्यक्तिहरूको विवरण संकलन भइरहेको जनाइएको छ ।

४१ वर्षीय स्थानीय बासिन्दा अब्दुल्लाही सानीका अनुसार आक्रमण हुनुभन्दा एक दिनअघि नै गाउँलेहरूले ठूलो संख्यामा सशस्त्र व्यक्ति मोटरसाइकलमा देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । तर कुनै कदम नचालिएको उनको भनाइ छ । हिजो राति कसैले पनि निदाउन सकेनौँ, हामी सबै पीडामा छौँ, उनले बताए । उनका परिवारका तीन सदस्यको आक्रमणमा मृत्यु भएको छ ।

नाइजेरियाको उत्तर र पश्चिम क्षेत्र पछिल्लो समय सशस्त्र आपराधिक समूह तथा विद्रोही लडाकुहरूको दोहोरो सुरक्षा चुनौतीसँग जुधिरहेको छ । गत साता मात्रै उत्तर–पश्चिमस्थित नाइजर राज्यको बोरगु क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४६ जनाको ज्यान गएको थियो । त्यसमध्ये कन्कोसो गाउँमा मात्रै ३८ जनालाई गोली हानी वा घाँटी रेटेर हत्या गरिएको विवरण सार्वजनिक भएको थियो ।

यसैबीच, नाइजेरियाले सुरक्षा सहकार्य विस्तार गर्दै संयुक्त राज्य अमेरिकासँग सहकार्य बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ख्रीष्टियन समुदायमाथि भइरहेका हत्याकाण्ड रोक्न नसकेको आरोप लगाउँदै सैन्य हस्तक्षेपको चेतावनी दिएपछि दुई देशबीच सहकार्य तीव्र बनेको हो ।

गत डिसेम्बर २५ मा अमेरिकाले नाइजेरियाली निकायसँगको समन्वयमा उत्तरस्थित सोकोटो राज्यमा हवाई आक्रमण गरेको थियो । यसै साता नाइजेरियाली सेनाले स्थानीय सुरक्षाबललाई तालिम दिन १०० अमेरिकी सैनिक देशमा आइपुगेको पुष्टि गरेको छ ।

नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ताका अनुसार अमेरिकी सैनिकहरूले प्राविधिक सहयोग र सूचना आदान–प्रदान गर्नेछन् । उनीहरूले प्रत्यक्ष युद्धमा संलग्न नहुने तर नाइजेरियाली नेतृत्वअन्तर्गत प्राविधिक विशेषज्ञता उपलब्ध गराउने स्पष्ट पारिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending