Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गुल्मी–१ : परम्परा जोगिने कि परिवर्तनको सुरुवात?

खबरडबली संवाददाता

गुल्मी ।  प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ लामो समयदेखि ‘आलोपालोको क्षेत्र’का रूपमा चिनिँदै आएको छ। यहाँ चन्द्र भण्डारी (नेपाली कांग्रेस) र प्रदीप ज्ञवाली (नेकपा एमाले) आलोपालो निर्वाचित हुँदै आएका छन्।

एमालेका ज्ञवालीले २०५६ सालमा कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गर्दै तत्कालीन गुल्मी–२ बाट संघीय संसदमा प्रवेश गरेका थिए। त्यसयता २०६४ देखि भण्डारी र ज्ञवालीबीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको छ। रोचक पक्ष के छ भने उनीहरू आलोपालो निर्वाचित हुँदै आएका छन्।

२०६४ मा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा पुनः ज्ञवाली र २०७९ मा फेरि भण्डारी निर्वाचित भएका थिए। २०७० पछि गुल्मीमा दुई निर्वाचन क्षेत्र कायम हुँदा दुवै नेताको प्रतिस्पर्धा क्षेत्र नम्बर १ मै केन्द्रित रहँदै आएको छ। २०७४ मा वाम गठबन्धनको समर्थन ज्ञवालीलाई र २०७९ मा पाँचदलीय गठबन्धनको साथ भण्डारीलाई रहेको थियो।

यसपटक भने प्रतिस्पर्धा थप रोचक बनेको छ। नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल पनि चुनावी मैदानमा उत्रिएका छन्। यसले ‘आलोपालो’को परम्परामा ब्रेक लाग्न सक्ने चर्चा सुरु भएको छ।

बराल २०६४ मा तत्कालीन गुल्मी–१ बाट निर्वाचित भएका थिए। २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीसमेत बनेका उनको ‘साफ छवि’ र संगठन संरचनालाई नेकपा पक्षले बलियो आधार मानेको छ। नेतृ गीता थापाका अनुसार, यसपटक आलोपालोको परम्परा तोडिने विश्वास गरिएको छ।

यता रास्वपाले पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ। पार्टीले डडेलधुरामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाललाई उम्मेदवार बनाएको छ। नेता भोजराज पाण्डेले करिब ३ हजार मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन्। पुराना दलहरूप्रतिको वितृष्णा, युवा पुस्ताको समर्थन र भ्रष्टाचारविरुद्धको अभियानलाई रास्वपाले आफ्नो बलियो पक्ष मानेको छ।

उता एमालेका केन्द्रीय सदस्य जंग नेपालीले यसपटक पनि आलोपालोको अवधारणा कायम रहने र ज्ञवालीले सहज जित हासिल गर्ने दाबी गरेका छन्। कांग्रेस जिल्ला सह–सचिव छवि पाण्डेले भने भण्डारीको राष्ट्रिय राजनीतिमा प्रभाव र पार्टीभित्रको नयाँ उत्साहका कारण जित सुनिश्चित हुने बताएका छन्।

गुल्मी–१ मा यसपटक आलोपालो परम्परा दोहोरिने कि नयाँ शक्तिले त्यसमा ब्रेक लगाउने भन्ने विषय चुनावी बहसको केन्द्रमा छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending