सप्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली कांग्रेससँग रहेको बताएको छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी क्षेत्र नम्बर २ को राजविराजमा मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएको हो।
उनले देश परिवर्तनको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि बदलिएको बताए। बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने र एकता तथा सहकार्यको भावनासहित अघि बढ्ने उनको भनाइ थियो।
देश र जनताको हितका लागि सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने पार्टी नेपाली कांग्रेस नै भएको उनले बताए। जेनजी आन्दोलन सकारात्मक परिवर्तनका लागि भएको उल्लेख गर्दै उनले मुलुक बदलिने प्रक्रियाको सुरुआत भएको बताए।
बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने र कसैको अनावश्यक आलोचना नगर्ने उनले बताए। सबैलाई मिलाएर मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले जिकिर गरे।
कतिपय स्थानबाट संघीयताविरोधी आवाज उठ्न थालेको उल्लेख गर्दै अग्रजहरूको संघर्षबाट प्राप्त संघीय व्यवस्था कसैले कमजोर बनाउन नसक्ने उनले बताए। संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
उनले राजतन्त्र स्वीकार्य नभएको तर इतिहास र पुर्खाको योगदानलाई सम्मान गर्नुपर्ने बताए। “हामी राजतन्त्र मान्दैनौं, गणतन्त्र मान्छौं। तर पुर्खाले दिएको योगदानको कदर गर्छौं, इतिहास बिर्सनु हुँदैन,” उनले भने।
राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जित कर्ण ले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले देश र जनतालाई निरन्तर साथ दिएको बताए।
उनले यस क्षेत्रको समग्र विकासका लागि नेपाली कांग्रेसले उम्मेदवारी दिएको उल्लेख गर्दै विकासका लागि कांग्रेसलाई निर्वाचित गर्न आवश्यक रहेको बताए।
नेपाली कांग्रेसले देशको आर्थिक समृद्धि तथा समग्र विकासका लागि प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको उनले बताए। विगतमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले अपेक्षित विकास गर्न नसकेको उल्लेख गर्दै अब विकासको जिम्मेवारी कांग्रेसले लिने उनको भनाइ थियो।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव ले सप्तरी जिल्ला ऐतिहासिक तथा क्रान्तिकारी परम्परा भएको जिल्ला भएको बताए।
उनले मतदाताले योग्य उम्मेदवार छानेर मतदान गर्नुपर्ने उल्लेख गर्दै विकासप्रेमी उम्मेदवार चयन गर्न आवश्यक रहेको बताए ।
उनले नेपाली कांग्रेसले देश र जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अनावश्यक आलोचना र विरोधको राजनीति नगर्ने बताए।
नेपालको इतिहासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही भूमिका निर्वाह गर्ने उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका सहमहामन्त्री बिन्दु यादव, नेताहरू सकलदेव सुतिहार, अर्जुनप्रसाद साह, इर्साद अन्सारी, सनत मण्डल, शम्भुलाल देव, समिर झा, महानन्द यादव र नन्दकिशोरलगायतले आ–आफ्ना धारणा राखेको थिए। कार्यक्रममा करिब दुई दर्जन जेन–जी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कार्यक्रममा उल्लेखनीय सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: