Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सोलुखुम्बुमा त्रिपक्षीय प्रतिस्पर्धा : बलियो दाबेदार मानिएका असिम राईलाई कतिको चुनौती ?

खबरडबली संवाददाता

सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यस पटक सोलुखुम्बुमा प्रतिस्पर्धामा उत्रिएका अधिकांश उम्मेदवार प्रतिनिधि सभाका लागि नयाँ छन्। नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा प्रकाशसिंह कार्कीलाई चुनावी मैदानमा उतारेको छ । वि।सं। २०४८ देखि निरन्तर बलबहादुर केसी उम्मेदवार बन्दै आएको यस क्षेत्रमा यस पटक कांग्रेसले उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका समाजसेवी कार्कीलाई अवसर दिएको हो । कार्की २०७४ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित भएको थिए।

विगतमा आन्तरिक गुटबन्दीका कारण पराजय भोग्दै आएको कांग्रेसले यस पटक सोलुमा कुनै गुट नरहेको र स्वच्छ छविका उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माण कांग्रेसका मुख्य एजेन्डा छन् ।

त्यस्तै, नेकपा ९एमाले० ले पूर्वउपप्रमुख कल्पना राईलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट आएकी अधिवक्ता राई २०७४ को स्थानीय तह निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएको थिए। उनी पनि प्रतिनिधि सभाका लागि पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। एमालेले महिला उत्थान र नीति निर्माणलाई मुख्य एजेन्डा बनाएको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बहालवाला गाउँपालिका अध्यक्ष असिम राईलाई उम्मेदवार बनाएको छ । थुलुङ दुधकोसी गाउँपालिकामा दुई पटक अध्यक्ष निर्वाचित राई युवामाझ लोकप्रिय छन्। सांगठनिक रूपमा तेस्रो शक्ति देखिए पनि व्यक्तिगत प्रभावका आधारमा उनी जितको बलियो दाबेदार मानिएको छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ऋषिधन राई चुनावी प्रचारमा जुटेको छन् । श्रम संस्कृति पार्टीले बियस राईलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीका लाक्पा शेर्पा, आम जनता पार्टीका गुणराज एफ। भट्टराई, नेमकिपाका कमल बहादुर मगर लगायतका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित मतदाता भेटघाटमा व्यस्त छन्।

२०४८ देखि हालसम्म सोलुखुम्बुमा कांग्रेस, एमाले र तत्कालीन माओवादीले आलोपालो जित्दै आएका छन् । २०७९ को निर्वाचनमा भने नेकपा ९एमाले० का मानवीर राई विजयी भएको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा सार्वजनिक यातायात बढाउन सिफारिस, कम्तीमा २५.९६ प्रतिशत वृद्धि हुने

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...

सुनसरीमा हुन्डी आशङ्कामा दुई जना पक्राउ, ६ लाखभन्दा बढी नगद बरामद

इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन: सांद राई

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...

अंश विवादमा सिर्जनाको हत्या : दुई आरोपित सार्वजनिक

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्

काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...

यातायात कार्यालयका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही, भने- रास्वपा र पुराना दलहरू एउटै कित्तामा उभिए

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...

उपसभामुखमा रूबी ठाकुरलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...

राष्ट्रपतिको सम्बोधनप्रति प्रतिनिधि सभाद्वारा धन्यवाद प्रस्ताव पारित

काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...

राप्रपालाई धोका दिएको छैन, सहकार्य गर्ने धेरै ठाउँ आउँछन् : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending