काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर्भ’ गरेर यात्रा गर्नेको सङ्ख्या पनि उल्लेख्य छ। नियमित रुटमा सवारी थप गर्नुपरेको यातायात व्यवसायीहरूले बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार लामो सरकारी बिदा र निर्वाचनको माहोलले गर्दा उपत्यका छाड्ने यात्रुको सङ्ख्या दोब्बरले बढेको छ। महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले फागुन १९ गतेसम्म काठमाडौँबाहिर जानेको सङ्ख्या अत्यधिक रहेको र बस ‘रिजर्भ’ गरेर पनि हजारौँ यात्रु गइसकेको जानकारी दिए। आजदेखि चाप अझ बढ्ने उनको अनुमान छ।
महासङ्घका अनुसार फागुन १९ गतेसम्म करिब ८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। बसपार्क र टिकट काउन्टरमा यात्रुको भीड बाक्लिएको भए पनि टिकट नपाउने समस्या भने नरहेको जनाइएको छ। अग्रिम बुकिङका लागि छुट्टै व्यवस्था नगरिए पनि नियमित रूपमा बुकिङ भइरहेको बताइएको छ।
यातायात व्यवसायीका अनुसार व्यक्तिगत यात्रुभन्दा पनि समूहगत रूपमा वा राजनीतिक दलले नै सवारी ‘रिजर्भ’ गरेर लैजाने क्रम बढेकाले व्यवसायीलाई व्यवस्थापनमा सहजता भएको छ।
एक सातामै तीन लाख बाहिरिए
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक सातामा मात्रै करिब तीन लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन्। सामान्य अवस्थामा हप्तामा करिब ८० हजार यात्रु आवतजावत गर्ने गरे पनि निर्वाचन नजिकिँदै जाँदा उक्त सङ्ख्या उल्लेख्य रूपमा बढेको हो। बाँकी चार दिनमा थप तीन लाख यात्रु बाहिरिन सक्ने अनुमान प्रहरीले गरेको छ।
उपत्यकामा चहलपहल घट्यो
निर्वाचनका लागि बाहिरिनेको सङ्ख्या बढेसँगै उपत्यकाभित्रको चहलपहल घटेको छ। सडकमा ट्राफिक जाम कम देखिन थालेको छ भने सवारीको चाप झन्डै ५० प्रतिशतले घटेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सडकमा उपस्थिति पनि केही पातलो देखिएको छ। मुख्य चोकहरूमा म्यादी प्रहरी परिचालन गरिएको छ।
फागुन २० गते रातिदेखि सवारी बन्द
निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सबै सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।
यस अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्वाध सञ्चालन हुनेछन्। सञ्चारगृह तथा अन्य आवश्यक सेवाका सवारीसाधनले आयोगबाट पास लिएर सञ्चालन गर्न पाउनेछन्।
निर्वाचनको माहोल चर्किँदै जाँदा काठमाडौँबाट बाहिरिने यात्रुको लहर अझ केही दिन जारी रहने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: