धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका कारण युवकको हत्या हुन पुगेको जाकारी गराएको छ । धनुषा प्रहरीले पत्रकारसम्मेलन गरी सो घटनाको जानकारी गराउँदै तीन जना पक्राउ परेको बताएको छ ।
धनुषाको औरही गाउँपालिका ६ चक्कर स्थित खेतमा गत बिहीबार हंसपुरको २० वर्षिय सुमित कुमार मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
धनुषा प्रहरीले अनुसन्धान गर्दै जाँदा २४ घण्टा नबित्दै सुमितको हत्या उनकी प्रेमिकाका काका र भाइ मिलेर गरेको पत्ता लगाएको छ ।
घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले भने, ‘बुधवार साँझ ६ बजे सुमित सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेटन गएका थिए ।
सोही क्रममा काजलको काका परमेश्वर मण्डलले आफ्नो पसल बन्द गरी घरमा आउँदा दुबै जनालाई सँगै बसेकोदेखि सुमितलाई कोठाबाट बाहिर निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।’
घटना पश्चात पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले छिमेकी गाउँमा रहेको आफ्नो एक जना साथीको घरमा लुकाएर राखेका थिए ।
घटनामा संलग्न प्रेमिका काजल, उनका काका परमेश्वर र भाई दिपेश तथा घटनामा प्रयोग भएका हतियार समेत नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार सुमित र काजलबीच करीब १ वर्षदेखि चिनजान र कुराकानी भइरहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: