Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ।

महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार अध्ययनरत विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारीलाई विद्युतीय हाजिरी प्रणालीमा समेटिएको हो।

माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा काम अघि बढाएको थियो। विद्यालयकै जनशक्तिलाई डाटा इन्ट्री, अद्यावधिक तथा प्रतिवेदन तयार गर्ने तालिम दिएर प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको विभागले जनाएको छ।

ढकालका अनुसार कक्षा १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारी गरी महानगरभित्र करिब ४५ हजार जनसंख्या विद्यालयसँग आबद्ध छन्। महानगरले २०८२ चैत १ गतेदेखि विद्यालयहरूमा पठाइने अनुदान तथा निकासा विद्युतीय हाजिरी प्रणालीमा आबद्ध तथ्याङ्कका आधारमा पठाउने निर्णय गरेको छ।

फागुन १३ र १४ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग भएको बैठकमा विभागले प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नगरे अनुदान रकम निकासा गर्न नसकिने स्पष्ट पारेको छ। बाँकी रहेका विद्यालयलाई इ–हाजिरीको काम शीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ।

विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ। पहिलो चरणमा चार, दोस्रो चरणमा ११ विद्यालयको पूर्वाधार गुरुयोजना तयार भइसकेको छ भने तेस्रो चरणमा २३ विद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको छ।

विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई लक्षित गर्दै पहिलो चरणमा ६ र दोस्रो चरणमा ५ गरी ११ विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षा सञ्चालन गरिएको छ। अन्य विद्यालयले माग गरेमा विभागले विशेष कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्ने जनाएको छ।

महानगरले २०८२ चैत मसान्तसम्म शिक्षक दरबन्दी मिलान सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसार शिक्षक व्यवस्थापन गर्ने तयारी गरेको छ। महानगरको यो पहलले सामुदायिक विद्यालयलाई व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वका हिसाबले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending