काठमाडौं । काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।
पौडेलले शनिबार भिडियो सन्देश जारी गर्दै देशभरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई थप ऊर्जा दिएको उल्लेख गरेका हुन्।
उनका अनुसार देशभरका नेता–कार्यकर्ता र मतदाताबाट आएको प्रतिक्रियाले पार्टीको रूपान्तरण अभियानप्रति विश्वास बढाएको छ। “देशभरका साथीहरू र मतदाताले फोन गरेर तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो, अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको छ। यसले मलाई अझ उत्साही बनाएको छ,” उनले सन्देशमा भनेका छन्।
महामन्त्री पौडेलले देशैभर छरिएर रहेका पार्टीका नेता–कार्यकर्तालाई मतदातामाझ पुगेर पार्टीका एजेन्डा र रूपान्तरणका प्रयासबारे जानकारी दिन आग्रह गरेका छन्। उनले राजनीतिमा देखिएका विकृति र विसंगति हटाउँदै नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
पौडेलले काठमाडौं–५ का मतदाताबाट प्राप्त स्नेह र समर्थनप्रति आभार व्यक्त गर्दै आफू अत्यन्त उत्साहित रहेको बताएका छन्। “आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई ऊर्जा प्राप्त भएको छ। म अत्यन्त उत्साही छु,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: