विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहेका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।भोलुन्टियर्स फोर्सका सदस्यविरुद्ध शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरिएको हो ।
घाइते पत्रकार आचार्यले आफैँ उपस्थित भई दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहविरुद्ध जाहेरी परेको जानकारी दिए। उनले ‘अभद्र व्यवहार’ को कसुरमा मुद्दा अगाडि बढाउन जाहेरी दर्ता भएको र सोहीअनुसार प्रहरीले प्रक्रिया अघि बढाएको बताए।
आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलाले ‘घण्टी’ मा भोट हाल्ने बताएपछि सोही घटनाको भिडियो खिचिरहनुभएका आचार्यलाई फोर्सको समूहले मुक्का र बुट प्रहार गरेको थियो ।
पत्रकार आचार्यले दर्ता गरेएको जाहेरीमा आफ्नो लुटिएको मोबाइल फोन र चस्मा फिर्ता गर्न, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र उपचार खर्च भराउन माग गरिएको छ । उनले घटनाका बेला आफूलाई अपहरण गर्ने उद्देश्यले बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा चढाउन खोजिएको र दमक पुगेर ‘थप देखाइदिने’ धम्की दिइएको समेत उल्लेख गरेको छन् ।
आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ भने उच्च रक्तचापका कारण अवस्था अझै सामान्य भइसकेको छैन ।
यसैबिच, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: