काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सचेत रहन अनुरोध गरेको हो।
दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। विज्ञप्तिमा मध्यपूर्वको संवेदनशील अवस्थालाई ध्यानमा राखी अनावश्यक आवागमन कम गर्न भनिएको छ।
त्यस्तै, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न पनि दूतावासले अनुरोध गरेको छ।
दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। आपतकालीन अवस्थामा सम्पर्कका लागि फोन नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरिएको जनाइएको छ।
अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना eonabudhabi@mofa.gov.np सार्वजनिक गरिएको छ ।
त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ ।
इमेलमार्फत सम्पर्क गर्न चाहनेले cgnudubai@mofa=gov=np jf nepalconsulate=dubai@gmail=com मा सम्पर्क गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: