Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

सल्यानको राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी

खबरडबली संवाददाता

सल्यान। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले राजमार्ग तथा भित्री ग्रामीण क्षेत्रहरूमा ‘भेहिकल चेन पेट्रोल’ अभियान सञ्चालन गरेको हो ।

प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीको कमान्डमा यस अभियानअन्तर्गत शुक्रबार २० वटा मोटरसाइकलमा ४० जना प्रहरी कर्मचारी परिचालन भई सल्यानका विभिन्न स्थानमा संयुक्त रूपमा गस्ती गरिएको थियो । पहिलो दिनमै करिब १२० किलोमिटर क्षेत्र समेटिएको प्रहरीले जनाएको छ । दोस्रो दिन शनिबार गस्तीको सङ्ख्या बढाउँदै जिल्लाका विभिन्न ठाउँमा टोलि बाँडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

उनका अनुसार करिब ७० जनाको प्रहरी टोलिले शनिबार कपुरकोट, काभ्रा, सल्ली लगायतको क्षेत्रमा मोटरसाइकल गस्ती गरेको छ । होलि पर्व तथा समग्र शान्ति सुरक्षाको विषयलाई ध्यानमा राखेर मोटरसाइकल, पैदल तथा अन्य सवारिसाधनबाट गस्ती गरिएको सूचना अधिकारी भट्टराईले बताए।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि, मतदाता त्रास सिर्जना गर्ने प्रयास, अवैध चलखेल, तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न गस्ती अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ । यस किसिमको गस्तीले मतदातामा सुरक्षा अनुभूति बढाउने, निर्वाचन आचारसंहिता उल्लङ्घन तथा अवैध गतिविधि नियन्त्रण गर्ने, संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादन बिक्री, केहीमा १० प्रतिशतसम्म छुट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending