Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

बाँकेका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझे

खबरडबली संवाददाता

नेपालगन्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँकेका मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुले सोमवार निर्वाचन सामग्री बुझेका छन् । 

जिल्लाका ४०३ मतदान केन्द्रमा खटाईएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सोमवार निर्वाचन सामग्रीहरु दिएर सम्बन्धित मतदान केन्द्रतर्फ पठाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीका अनुसार मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज र निर्वाचन अधिकृतका कार्यालयहरुले निर्वाचन सामाग्री वितरण गरेका हुन् । उनले जिल्ला निर्वाचन कार्यालयले यसअघिनै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पठाएका निर्वाचन सामाग्रीहरुलाई सोमवार कर्मचारीलाई बुझाएर पठाइएको बताए। 

जिल्लामा रहेका तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई मतदान सामाग्री बुझाएर पठाइएको जनाउँदै अब उनीहरुले आ आफ्नो केन्द्रमा पुगेर मतदानको तयारी सुरु गर्ने बताए। कर्मचारीहरुले फागुन १९ र २० गते मतदान केन्द्रमा मतदानको सबै तयारी पुरा गर्नेछन् । 

सहायक निर्वाचन अधिकृत कार्कीका अनुसार यसअघि ती कर्मचारीलाई तालिम दिनुका साथै मतदानस्थलमा खटिएको नियुक्तिपत्र पनि वितरण गरिएको थियो । उनले मतदान सामाग्री बुझेपछि कर्मचारीहरू आफ्नो जिम्मेवारीअनुसार तोकिएको मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित गएको बताए। 

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । ती अन्तर्गत १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

लेखा समिति सभापतिमा कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...

रास्वपाले सांसद र मन्त्रीका लागि लेबी तोक्यो, मासिक १६ हजार ५ सयदेखि १८ हजारसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...

सिंहदरबारमा प्रतिपक्षी दलको संयुक्त बैठक: लेखा समितिसभापतिमा साझा उम्मेदवारको खोजी

काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending